वीरगन्ज महानगरले किन फाल्यो टेलिकमको परिसरभित्र फोहोर ?

सडक खनेर महिनौंदेखि अलपत्र छाडेको आक्रोश

वीरगन्ज महानगरले किन फाल्यो टेलिकमको परिसरभित्र फोहोर ?
वीरगन्ज महानगरले मंगलबार बिहान टेलिकम कार्यालय परिसरमा लगेर फालेको फोहोर। तस्बिर : क्रान्ति शाह।
सुन्नुहोस्

महानगरपालिकाले वीरगन्जमा सञ्चालन गरिरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको भन्दै महानगरपालिकाका कर्मचारी र नगरप्रहरी सहितको टोलीले ७ ट्याक्टर कचरासहितको फोहोर टेलिकमको परिसरभित्र कार्यालयको मुख्य प्रवेशद्वारमै लगेर फालिदिएको छ।

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले शहरबाट संकलित कवाडीसहितको फोहोर नेपाल टेलिकम परिसरभित्र लगेर फालेको छ। वीरगन्जका विभिन्न स्थानमा सेवा विस्तारका क्रममा टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको छ। 

सोही आक्रोशमा मंगलबार बिहान महानगरपालिकाले शहरबाट संकलित फोहोर श्रीपुर स्थित टेलिकमको प्रादेशिक निर्देशनालय कार्यालय परिसरमै लगेर फालिदिएको हो। 

nullमहानगरपालिकाले वीरगन्जमा सञ्चालन गरिरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको भन्दै महानगरपालिकाका कर्मचारी र नगरप्रहरी सहितको टोलीले ७ ट्याक्टर कचरासहितको फोहोर टेलिकमको परिसरभित्र कार्यालयको मुख्य प्रवेशद्वारमै लगेर फालिदिएको छ। 

महानगरका मेयर राजेशमान सिंहका अनुसार टेलिकमले अप्टिकल फाइबर ओछ्याउने क्रममा बाइपास सडकखण्डको कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको छ। खनिएका सडक र फुटपाथ मर्मतका लागि पटक-पटक आग्रह गर्दा पनि अटेरी गरेपछि बाध्य भएर टेलिकम परिसरमा कचरा सहितको फोहोर फाल्नु परेको मेयर सिंहले बताए। 

nullकार्यालयमै फोहोर फालेपछि खनेर अलपत्र छाडिएका सडक र फुटपाथ मर्मतका लागि अब टेलिकमलाई दबाब पर्ने मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले बताए। उनका अनुसार यसअघि फागुन ३ गते प्रमुख जिल्ला अअधिकारीकै उपस्थितिमा बसेको सरोकारवाला निकायहरुको बैठकमा टेलिकमले खनिएका सडक र फुटपाथ फागुन मसान्तभित्रै मर्मत गरिसक्ने लिखित सहमति गरेको थियो। उक्त सहमति कार्यान्वयनका लागि महानगरपालिकाले टेलिकमलाई पटक पटक आग्रह गर्दै आएको थियो। 

nullफोहोरसहितको टयाक्टर लिएर टेलिकम परिसरमा आफैं पुगेका घिमिरेले भने, ‘वीरगन्ज शहरलाई सफा र सुन्दर बनाउन महानगरले अभियान नै चलाइरहेको छ , यो अवस्थामा टेलिकमले सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र पर्दा बाइपास सडक कुरुप भएको छ ,त्यसलाई पहिलेकै अवस्थामा पुग्ने गरी मर्मत गरिदेउ भनेर पटक-पटक आग्रह गर्दा कुनै टेरपुच्छर नलगाएपछि हामी यो अप्रिय कदम चाल्न बाध्य भएका हौं।'

उक्त सहमति पालना गराउनका लागि महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय पर्सालाई पत्र लेखेर आग्रह गर्दा पनि टेलिकमले नटरेको घिमिरेको भनाइ छ। 

घिमिरेले भने, ‘अब हामीले कति चोटी अनुरोध गर्ने ? हामीसँग अरु कुनै विकल्प नै भएन। नागरिकलाई त महानगरपालिकाले नै काम गरेन भन्ने सन्देश गइरहेको छ। महानगर अब टुलुटुलु हेरेर बस्न सक्दैन। त्यसकारणले गर्दा आज फोहोर ल्याएर टेलिकममा फालिएको हो। अब मिडियाबाट यो विषय टेलिकमको केन्द्रीय कार्यालयमा पुग्नेछ र समस्याको सामधान हुनेछ भन्ने अपेक्षा लिएका छौं।'  

nullमहानगरले चलाएको सफा र सुन्दर शहर बनाउने अभियानमा टेलिकमले भाँजो हालेको पनि उनले बताए। 
यता टेलिकम प्रादेशlक निर्देशनालयका निर्देशक अनन्त प्रकाश मल्लिकले भने महानगरपालिकाबाट कानूनी राज्यको उपहास गरिएको प्रतिक्रिया दिए। नेपाल टेलिकम पनि राज्यको सम्पति भएको भन्दै उनले भने, ‘फोहोर ल्याएर टेलिकम भित्र फाल्नुले कानूनी राज्यको उपहास भएको छ। यो अराजकता हो। 

यसबारे जिल्लाका सुरक्षा निकायका प्रमुखदेखि टेलिकमको केन्द्रीय कार्यालयसम्म आफूले जानकारी गराइसकेको मल्लिकले बताए।' 

उनले भने, ‘फोहोर ल्याएर यहाँ फाल्नु समस्याको समाधान होइन। केही गल्ती त्रुटी छ भने हामीसँग महानगरले समन्वय गर्नुपर्थ्यो।' 

nullखनिएका सडक र फुटपाथ मर्मतको काममा केही ढिलासुस्ति भएको स्वीकार्दै उनले भने, ‘हामीले प्रयास गरिरहेकै छौं। दुई किलोमिटरमध्ये डेढ किलोमिटरको काम सम्पन्न भइसकेको छ। अब पाँचसय मिटरको मात्रै बाँकी छ। त्यहाँ पनि काम भइ नै रहेको छ। हामीले काम चटक्कै छाडेका पनि छैनौं।' 

महानगरले कार्यालय परिसरमै फोहोर ल्याएर थुपारे पनि कार्यालयको सेवा भने सुचारु नै रहने र कर्मचारीबाट कुनै अवरोध नहुने पनि उनले प्रष्ट्याए।

​​​​​​​null null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.