प्रभावकारी बन्दै चिल्ड्रेन पार्कको विद्युतीय पुस्तकालय

प्रभावकारी बन्दै चिल्ड्रेन पार्कको विद्युतीय पुस्तकालय
सुन्नुहोस्

मकवानपुर : हेटौंडा–४ मा रहेको बाल उद्यान (चिल्ड्रेन पार्क) स्थित विद्युतीय पुस्तकालय पाठक र विद्यार्थीहरुका लागि प्रभावकारी बनेको छ। पुस्तकालयमा निशुल्क रुपमा कम्प्यूटर प्रविधिबाट पुस्तक, विषयगत पाठ्य र सन्दर्भ सामग्री पढ्न मिल्ने गरी व्यवस्थापन मिलाइएको छ। 

एकै साथ कम्प्यूटरको माध्ययमबाट दृश्य हेर्दै र आवाज सुन्दै अध्ययन गर्दा सिकाइमा सुधार आएको पाठकहरु बताउँछन्। २०७२ मा स्थापना भइ ब्रम्हकुमारी राजयोग उपसेवा केन्द्रको संरक्षणमा रहँदै आएको सो पुस्तकालयबाट बालबालिकादेखि वृद्धसम्म दैनिक सयौंको संख्यामा लाभान्वित हुँदै आएका छन्।

उपसेवा केन्द्र हेटौंडाका संरक्षक विजयराज सिग्देलका अनुसार पुस्तकालयमा ३ हजार ५ सय भन्दाबढी विषयत पाठ्यसामग्री र हजारौं सन्दर्भ सामग्री रहेका छन्। पुस्तकालयमा शिक्षण सामग्री, पत्रपत्रिकासँगै अन्य शिक्षाप्रद सामग्रीसमेत पढ्न र हेर्न पाइने सुविधा छ। 

‘अहिले हामीसँग १२ वटा कम्प्यूटर छ। पाठकहरूलाई शान्त, अनुशासित एवम् मर्यादित रुपमा अध्ययनको प्रबन्ध मिलाएका छौँ। पुस्तकालयको सम्पूर्ण जिम्मा हामीले लिएपनि सबैको सहयोगले पुस्तकालय सञ्चालन सम्भव भएको हो। हामी पाठ्यसामग्रीको संख्या बढाउने र पुस्तकालयलाई अझै व्यवस्थित बनाउने प्रयास गरिरहेका छौँ, मनहरीमा पनि हामीले पुस्तकालय सञ्चालन गरेका छौं’, सिग्देलले भने।

इन्टरनेट नहुँदा पनि ‘वेभ–सर्भर’ प्रणालीबाट पुस्तकालय प्रयोग गर्न सकिन्छ। दैनिकजसो विद्युतीय पुस्तकालय प्रयोग गर्न आउने बालबालिकाहरु ‘मल्टिमिडिया’ प्रयोग गरेर पढ्न पाउँदा सिकाइमा उल्लेख्य सुधार आएको बताउँछन्। आफूलाई चाहिने पाठ्य सामग्री ‘डाउनलोड’ गर्न समेत पाइने सुविधा रहेकाले बालबालिकाहरुको अध्ययनप्रति रुची बढ्दै गएको छ।

पुस्तकालय भवनको बाहिर ठूलो पार्क छ। जसलाई चिल्ड्रेन पार्क भनिन्छ। ब्रम्हकुमारी राजयोग सेवा उपकेन्द्रकै संरक्षणमा रहेको सो पार्कमा ध्यान, शारीरिक व्यायाम, योगअध्यास, खेलकुद र भेटघाट तथा हरियाली वातावरणको मज्जा लिन दैनिक सयौँको संख्यामा मानिसहरु आउने गरेका छन्। पुस्तकालयमा अध्ययन गर्न पाइने, अनि पार्कमा खेलकुदका गतिविधिमा संलग्न हुन पाइने भएपछि बालबालिकाको आकर्षण बढेको हो। 

शिक्षामा योगदान दिने उद्देश्यले अमेरिकामा स्थापित नेपाल जर्नी नामक संस्थाको ४५ लाख रुपैयाँ आर्थिक सहयोग र नेपाल लाइब्रेरी फाउण्डेशनको प्राविधिक सहयोगमा पुस्तकालय सञ्चालनमा आएको हो। 
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का प्रवक्ता एवम् पर्यटन संयोजक सोमप्रसाद सापकोटाले तत्कालिन समयमा सो पुस्तकालय स्थापनाको नेतृत्व गरेका थिए। 

‘म तत्कालीन समयमा लाइबेरी संयोजक थिएँ। विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि र आम नागरिकको सुसूचित हुने अधिकारको प्रर्वद्धनका लागि हामीले विद्युतीय पुस्तकालय स्थापना अभियान सञ्चालन गरेका हौँ। सोही अभियान अनुसार देशैभर दर्जनौँ पुस्तकालय स्थापना भइसकेका छन्, हाम्रो अभियान जारी छ,’ सापकोटाले भने। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.