वित्तिय क्षेत्रबारे अर्थमन्त्रीलाई ध्यानाकर्षण
काठमाडौं : पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा बढ्दै गएको नकारात्मक धारणा, घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा, तरलता अभाव लगायतको विषयमा नव नियुक्त अर्थ मन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराइएको छ।
नेपाल बैंकर्स संघ (एनबीए)का पदाधिकारीहरूले सोमबार अर्थ मन्त्री डा.महतलाई बधाई तथा शुभकामना दिने क्रममा पछिल्लो समय वित्तीय क्षेत्रमा भएको गतिविधिबारे ध्यानाकर्षण गरााउका हुन्।
यसैक्रममा संघले बैंकिङ्ग क्षेत्र वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ। सो अवसरमा संघका अध्यक्ष सुनिल केसीले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक बृद्धिमा पुर्याएको योगदान र पछिल्लो समयमा देखा परेका चुनौतीहरूका विषयमा जानकारी दिए।
यसैक्रममा उनले भने, ‘यस क्षेत्रलाई थप सुदृढ र प्रभावकारी बनाउन सरकारको तर्फबाट सदाझै पूर्ण सहयोगको अपेक्षा गरेका छौं।’
बैंकर्सहरूको भनाइ सुनेपछि अर्थमन्त्री डा. महतले बैंक तथा वित्तीय संस्थाहरूले गरेको योगदानको प्रशंसा गरेगरे। अर्थतन्त्रमा देखा परेका चुनौतीहरूको सहज समाधानका लागि एकजुट भएर लाग्नुपर्नेमा उनले सहमत जनाए। ‘आर्थिक विकासको लागि बैंकिङ्ग क्षेत्रको अहम भूमिका रहेको छ,’डा. महतले भने।