चलचित्र विकास बोर्डमा एक र जाँच समितिमा तीन सदस्य मनोनीत

चलचित्र विकास बोर्डमा एक र जाँच समितिमा तीन सदस्य मनोनीत

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक तथा अभिनेता राजु केसी र केन्द्रीय चलचित्र जाँच समितिको तीन सदस्यमा निर्देशकद्वय भूपेन्द्र खड्का, ऋषिराज आचार्य र गायिका सरल पुन मगरलाई मनोनयन गरेको छ। 

मन्त्रिस्तरीय निर्णयबाट मनोनयन भएसँगै बोर्ड र जाँच समितिमा रिक्त रहेको पदपूर्ति भएको छ। बोर्ड सदस्यमा नियुक्त भएपछि निर्देशक केसीले आफ्नो अनुभवलाई पूर्ण उपयोग गर्ने बताए। 

‘प्रेमपूजा’बाट अभिनय सुरु गरेका केसीले ‘धर्ती’मार्फत् निर्देशनको सुरुआत गरेका थिए। उनी अहिले ‘जाड’ नामक चलचित्रको निर्देशनमा व्यस्त छन्। केसी अगाडि निर्देशक केएल बुढाथोकी र सञ्चारकर्मी रवि अधिकारी पनि बोर्ड सदस्यमा नियुक्त भएका थिए। 

त्यस्तै निर्देशक आचार्यले आफूले पाएको जिम्मेवारीलाई पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताए। 'जाँचमा देखिएको र सुनिएको समस्या समाधान गर्नेतर्फ लाग्नेछु। चलचित्र निर्देशक रहेकाले काँटछाँटका विषयमा सुनिने गुनासो कम गर्नेछु,' निर्देशक आचार्यले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.