बालुवाटारको सडकमा न्याय खोज्दै मिटरब्याज पीडित (फोटो/भिडियो)


काठकाडौं : तराईका बीस जिल्लाबाट आएका मिटरब्याज पीडितहरूले न्याय माग्दै प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका छन्। शान्तिवाटीबाट उनीहरू मार्च पास गर्दै प्रधानमन्त्री निवास वालुवाटार जाँदै गर्दा निषेधित क्षेत्र भन्दै प्रहरीले बीचमै रोकेको थियो। सोमबार माइतीघरमा प्रदर्शन गरेका उनीहरू आज बालुवाटारको सडकमा धर्ना बसिरहेका छन्।

केही दिनदेखि मिटरब्याज पीडित किसान र मजदुरले काठमाडौंमा साहूविरुद्ध निर्णायक आन्दोलन गरिरहेका छन्। तत्कालै संसदबाट कानुन बनाएर पीडितहरूको समस्या समाधन गर्नुपर्ने माग राख्दै सोमबार सयौं  मिटरब्याज पीडित माइतीघर मण्डलामा आन्दोलन थालेका थिए।

माग पूरा नभएसम्म घर नफर्किने संघर्ष समिति मधेस प्रदेशकी संयोजक सरस्वती मिश्रले बताइन्। ‘जबसम्म ऐन बन्दैन, तबसम्म हामी घर फर्किँदैनौं। मिटरब्याज सम्बन्धी अदालतमा चलिरहेको मुद्दालाई तत्कालै स्थागित गर्नुपर्छ। नक्कली तमसुकको आधारमा अदालतबाट मिटरब्याज साहुले लिलाम गराएको जग्गाबारे सरकारले पुनरावलोक गर्नुपर्छ,' उनले भनिन्।

null

मिटरब्याज साहुले गरिबलाई झुट्टा मुद्दामा फसाएर जेल हालिएका पीडितलाई निशर्त रिहाई गर्नुपर्ने उनीहरूको माग छ। संघर्ष समितिका संयोजक अवधेश कुशवाहाले सरकारसँग अब कुनै सम्झौता नगर्ने बताए।

‘सरकारले हामीसँग असोज १ गते पाँच बुँदे सम्झौता गरेको थियो। तर त्यसको कार्यान्वयन भएन। बर्दिबासबाट पैदल आएका फेरि अर्को टोलीसँग सरकारले झुक्यार शनिबार अर्को पाँच बुँदे सम्झौता गर्‍यो,' उनले भने, 'त्यसैले अब हामी सरकरसँग कुनै सम्झौता गर्दैनौं।  झुट्टा आश्वासनमा फस्दैनौं।'

चैत्र २ गतेदेखि १८ गतेसम्म भएको काठमाडौं केन्द्रित आन्दोलनको दबाबमा सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न कानुन संसोधन गर्ने प्रक्रिया र जाँझबुझ आयोग गठन गरेको छ। तर पीडितहरूले विना कानुन अदालतले कसरी न्याय दिन्छ भन्दै सरकारलाई प्रश्न गरेका छन्। त्यसैले सिंहदरबारलाई खबरदारी गर्न फेरि आन्दोलनमा उत्रिनु परेको संघर्ष समितका पूर्वअध्यक्ष रामसुरत गुप्ताले बताए। 

null

आन्दोलनमा समर्थन गर्न पुगेका माओवादी केन्द्रका सचिव गिरिराजमणि पोखरेलले साहु महाजनसँग भएका सबै लिखत र तमसुक खारेज हुनुपर्ने बताए। ‘अदालती प्रक्रियामा परेका मुद्दाको फैसला खारेज गरिनुपर्छ। न्यायिक प्रक्रियामा पारेका तमसुक, दृष्टिबन्धकजस्ता विषयबस्तुमा पुनरावलोकन गरिनुपर्छ,' उनले भने। 

null

nullnull

null

null

null

null

null

null

null

null

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.