चाइना फाउन्डेसनको सहयोगमा देव गुरूङले बाँडे लमजुङका विद्यार्थीलाई कपडा

चाइना फाउन्डेसनको सहयोगमा देव गुरूङले बाँडे लमजुङका विद्यार्थीलाई कपडा
सुन्नुहोस्

बेंसीसहर : नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरूङले चाइना फाउन्डेसनको सहयोगमा लमजुङका बालबालिकालाई कपडा वितरण गरेका छन्।

मर्स्याङ्दी गाउँपालिकाका १४ वटा विद्यालयका ८ सय ६५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन्। बाल शिक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई कपडा वितरण गरिएको गुरूङले बताए। 

चाइना फाउण्डेसन फर पोभर्टी एलिभेसनको आर्थिक सहयोग तथा ग्लोबल कोअपरेसन फर रुरल डेभलपमेन्टको समन्वयमा मर्स्याङदी गाउँपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कपडा वितरण गरिएको हो।

मर्स्याङ्दी गाउँपालिका-९ पामचोक स्थित सरस्वति सदन आधारभूत विद्यालयका ५८ जना, मर्स्याङ्दी-९ सिम्पानि स्थित गणेश माविका ६१, मर्स्याङ्दी-३ खुदि स्थित अमर माविका ७४, सोही गाउँपालिका-७ तरान्चेस्थित महेन्द्र देव माविका ८२ जना र वडा नं. २ घनपोखराको त्रिभुवन माविका १ सय १ जना विद्यार्थीलाई कपडा वितरण गरिएको ग्लोबल कोअपरेसन फर रुरल डेभलपमेन्टका अध्यक्ष मुक्ति मरासिनीले बताए। 

null

कपडा वितरण गर्दै नेता गुरुङले विद्यार्थीको शैक्षिक तथा चेतना विकास गर्न चाइना फाउण्डेसनले नेपाल जस्ता थुप्रै देशमा काम गरिरहेको बताए। 

जसले नेपाली जनता र चिनियाँ जनता बीचको सुमधुर सम्बन्ध विकास गरेको उनले गुरुङले बताए। साथै अहिले देखिएको राजनीतिक तरलता, एकले अर्कोलाई निषेध गर्ने प्रवृत्ति, अरूका विचार कत्ति पनि स्वीकार नगर्ने जस्ता प्रवृत्तिले देश थप संकटमा परेको भन्दै अब सबैको अस्तित्व र विचारलाई मिलाएर राष्ट्रिय सहमति गर्न सकियो भने देश जोगिने धारणा राखे।

कपडा वितरण कार्यक्रममा एलिभेसनका कन्ट्रि डाइरेक्टर म्याडम जौ, स्टाफ सुरेश प्याकुरेल, ग्लोबल कोअपरेसन फर रुरल डेभलपमेन्टका फिल्ड सुपरभाइजर उत्तम कार्की, मर्स्याङ्दी गाउँपालिकाका निर्वतमान उपाध्यक्ष होम बहादुर बिक,वडा नं. ९ का वडा अध्यक्ष हरिश्चन्द्र थापालगायतको उपस्थिति रहेको थियो। 

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.