अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ
डोनाल्ड ट्रम्प पक्राउ परेपछि । तस्बिर : बीबीसी।
सुन्नुहोस्

वासिङटन डिसी : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। ट्रम्पलाई झुटा व्यावसायिक विवरण तयार पारेको तथा आफूसँगको सम्बन्धबारे मौन बस्न स्टोर्मी ड्यान्यल्स नामक पोर्न स्टारलाई ठूलो रकम दिएको जस्ता विषयमा मुद्धा लागेको थियो।

उनले सो विषयमा लगाइएका विभिन्न अभियोगहरूमा आफू दोषी नरहेको दाबी न्यूयोर्कस्थित एउटा अदालतमा गरेका छन्। सन् २०१६ को उक्त घटनामा मङ्गलबार उनीविरुद्ध ३४ वटा फेलनी अर्थात् गम्भीर अपराधका अभियोगहरू लगाइएको छ।
अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन्।

उनले मङ्गलबार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए। पक्राउ परेपछि उनलाई हतकडी भने लगाइएको थिएन।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि अश्लील चलचित्रकी एक जना नायिकसँग यौनसम्पर्क गरेको र त्यसलाई दबाउन राष्ट्रपतिका प्रत्यासी ट्रम्पले उनलाई  १ लाख ३० हजार अमेरिकी डलर दिएको अभियोग लगाइएको थियो। पूर्वराष्ट्रपति ट्रम्पले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएका थिए। नायिका स्टर्मी डेनियलले भने आफूसँग सन् २००६ मा ट्रम्पले यौन सम्बन्ध कायम गरेको र त्यसलाई गोप्य राख्न रकम दिएको दाबी गरेकी थिइन्।     

फौजदारी अभियोगबारे ग्रान्ड जुरीले स्पष्ट नगरे पनि विवाहेत्तर यौन सम्बन्धलगायत दुई दर्जन मुद्दा पूर्वराष्ट्रपतिलाई लाग्ने सञ्चारमाध्यमहरूले जनाएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.