एमाले अध्यक्ष ओली सिमरामा, बारा २ उपनिर्वाचन क्षेत्रीय भेलालाई सम्बोधन गर्ने

एमाले अध्यक्ष ओली सिमरामा,  बारा २ उपनिर्वाचन क्षेत्रीय भेलालाई सम्बोधन गर्ने
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सिमरा : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बुधबार सिमरा आएका छन् । बारा र पर्सामा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन ओली सिमरा आएका हुन् ।

ओलीलाई सिमरा विमानस्थलमा एमालेका नेताकार्यकर्ताले स्वागत गरेका थिए । ओलीले वीरगन्जमा आयोजना हुन लागेको अखिल नेपाल पिछडावर्ग महासंघको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । पिछडावर्ग महासंघको कार्यक्रममा सहभागी भएर ओली बाराको बरियारपुर पुग्नेछन् ।

बारा क्षेत्र नं. २ को उपनिर्वाचन केन्द्रीत क्षेत्रीय भेलामा सहभागी हुन ओली बरियारपुर जान लागेला हुन् । क्षेत्रीय भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली बुधबार नै काठमाडौं फर्कने कार्यक्रम रहेको एमाले पोलिटब्युरो सदस्य अच्युत मैनालीले जानकारी दिए ।

क्षेत्र नं. २ को उपनिर्वाचनमा एमालेले पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ । उम्मेदवारी मनोनयन गरेसँगै पौडेल चुनावी प्रचारमा व्यस्त छन् । उक्त क्षेत्रमा जसपाबाट केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल,आम जनता पार्टीबाट अरुण ज्ञवाली उम्मेदवार छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.