महानगरले फोहोर थुपारेपछि टेलिकमले थाल्यो सडक र फुटपाथ मर्मतको काम

महानगरले फोहोर थुपारेपछि टेलिकमले थाल्यो सडक र फुटपाथ मर्मतको काम
वीरगन्जको बाइपासमा बुधबार बिहान  सडक र फुटपाथ मर्मत गर्दै कामदारहरु। तस्बिर : क्रान्ति शाह।
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले मंगलबार फोहोर लगेर कार्यालयमै थुपारि दिएपछि दबाबमा आएको नेपाल टेलिकमले खनेर अलपत्र छाडिएका सडक र फुटपाथ बुधबारदेखि मर्मत गर्न सुरु गरेको छ।

वीरगन्जको बाइपास सडकमा अप्टिकल फाइबर तार बिछ्याउने क्रममा टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको आक्रोशमा मंगलबार बिहान महानगरपालिकाले शहरबाट संकलित ७ ट्याक्टर फोहोर श्रीपुर स्थित टेलिकमको प्रादेशिक निर्देशनालय कार्यालय परिसरभित्रै लगेर फालिदिएको थियो।

महानगरको उक्त कदमपछि दबाबमा परेको टेलिकमले खनेर छाडिएका सडक र फुटपाथ बुधबार बिहानैदेखि मर्मत गर्न थालेको वीरगन्जका मेयर राजेशमान सिंहले बताए। 

मंगलबार बिहान टेलिकम परिसरमा महानगरले फोहोर थुपारेर सांकेतिक विरोध जनाएपछि मंगलबार नै बेलुकी टेलिकम प्रादेशिक कार्यालयका प्रमुख अनन्त प्रकाश मल्लिकले महानगरको कार्यालयमै पुगेर सडक र फुटपाथको बाँकी रहेको मर्मत कार्य चैत २७ भित्रै  पूरा गर्ने लिखित प्रतिबद्धता जनाएका थिए। 

nullमल्लिकका अनुसार बाइपास सडकखण्ड अन्तर्गत गण्डक चोकदेखि रजतजयन्ति चोकसम्मको क्षेत्रमा ३ सय मिटरको मात्रै फुटपाथ मर्मत गर्न बाँकी रहेको छ। उक्त कार्य चैत २७ भित्र सक्ने गरी मर्मतको ठेक्का सकारेको पाइनस-बनके जेभी कन्ट्रक्सनले लिखित रुपमा प्रतिबद्धता जनाएको जानकारी पनि मल्लिकले महानगरपालिकाको कार्यालयलाई गराएका छन्।

त्यही प्रतिबद्धता अनुसार रोकिएको मर्मत कार्य बुधबार बिहानैदेखि सुरु पनि गरिसकिएको मल्लिकले बताए। 
टेलिकमले सडक र फुटपाथ मर्मतको काम सुरु गरेपछि टेलिकम परिसरभित्र थुपारेको फोहोर पनि महानगरले बुधबार बिहानैदेखि हटाएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए।       

टेलिकमले अप्टिकल फाइबार ओछ्याउने क्रममा बाइपास सडकखण्डको कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको थियो। खनिएका सडक र फुटपाथ मर्मतका लागि पटक पटक आग्रह गर्दा पनि अटेरी गरेपछि बाध्य भएर मंगलबार बिहान टेलिकम परिसरमा कचरा सहितको फोहोर फाल्नु परेको घिमिरेले बताएका थिए।

घिमिरेका अनुसार गत फागुन ३ गते प्रमुख जिल्ला अधिकारीकै उपस्थितिमा बसेको सरोकारवाला निकायहरुको बैठकमा टेलिकमले खनिएका सडक र फुटपाथ फागुन मसान्तभित्रै मर्मत गरिसक्ने लिखित सहमति गरेको थियो। उक्त सहमति कार्यान्वयनका लागि महानगरपालिकाले टेलिकमलाई पटक पटक आग्रह गर्दै आएपनि टेलिकमले अटेरी गरेको घिमिरेले बताएका थिए। 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.