लेक लागेर मुस्ताङमा भारतीय पर्यटकको मृत्यु

लेक लागेर मुस्ताङमा भारतीय पर्यटकको मृत्यु
सुन्नुहोस्

जोमसोम : मुस्ताङमा हाईअल्टिच्युडका कारण एक भारतीय पर्यटकको मृत्यु भएको छ । भारतको कर्नाटक राज्य मसुरी कर्नाटक बस्ने ६९ वर्षीय आर नागाराजु राजगोडाको जोमसोम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

भारतदेखि करिब ५/६ वटा गाडी लिएर आएको भारतीय दर्शनार्थी टोली बुधबार मुक्तिनाथ दर्शनका लागि पुगेको थियो । उनीहरू पोखराबाट बेनी–जोमसोम सडकहुँदै मुक्तिनाथ पुगेका थिए । मुक्तिनाथ दर्शन गर्ने क्रममा मृतक राजगोडा हाईअल्टिच्युड भइ ढलेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले जानकारी दिए । 

उनी मुक्तिनाथको कुण्डमा स्नान गरिसकेपछि हाईअल्टिच्युडको समस्या देखिएको थियो ।श्वास/प्रश्वासमा समस्या देखिएका भारतीय पर्यटक राजगोडालाई जोमसोम अस्पतालमा ल्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो।

मुक्तिनाथ मन्दिर समुन्द्री सतहदेखि ३८ सय मिटरको उचाईमा छ । केहीदिन अघि पनि हाईअल्टिच्युडका कारण एक भारतीय पर्यटकको मृत्यु भएको थियो  । मुक्तिनाथ दर्शन गर्ने क्रममा मृत्यु भएका भारतीय पर्यटकको अनुसन्धान भइरहेको र आवश्यक प्रक्रिया पुर्‍याएर शव आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । 

मृतकको शव जोमसोम अस्पतालको शव गृहमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.