साझा न्युनतम कार्यक्रम पहिलेभन्दा परिस्कृत र परिमार्जित छ : प्रधानमन्त्री प्रचण्ड

साझा न्युनतम कार्यक्रम पहिलेभन्दा परिस्कृत र परिमार्जित छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दस दलीय गठबन्धनले ल्याएको साझा न्युनतम कार्यक्रम पहिलेभन्दा परिस्कृत र परिमार्जित भएको बताएका छन्। सिंहदरवारमा आयोजित सार्वजनिकीकरणमा प्रधानमन्त्री प्रचण्डले पहिलेको साझा न्युनतम कार्यक्रममा उल्लेख भएका राम्रा कुराहरू पनि समावेश गरिएको बताए। 

'प्रधानमन्त्री भएपछि सात दलीय गठबन्धनभन्दा त्यसो समेतलाई अध्ययन गरेर सबै राम्रा कुरालाई व्यवस्थित र परिमार्जित रूपमा सरकारको साझा कार्यक्रम बनेको छ,' उनले भने।

उनले दस दलका नेताहरूको दिमागसँगै यसअघिका नेताहरूको पनि दिमाग लागेकाले साझा न्युनतम कार्यक्रमलाई राष्ट्रिय सहमतिको कार्यक्रम भन्दा फरक नपर्ने बताए।  

'अहिले दस दलका नेताले दिमाग लाएकै छ। पहिलेका पार्टीको पनि दिमाग लागेको छ। यसलाई राष्ट्रिय सहमतिकै साझा न्युनतम कार्यक्रम भन्दा फरक पर्दैन,' प्रधानमन्त्री प्रचण्डले भने। 

उनले जनताले सरकारबाट धेरै आशा र अपेक्षा गरेको बताउँदै त्यो अपेक्षा पूरा गर्न नयाँ प्रतिबद्धताको खाँचो रहेको बताए। त्यसैले साझा न्युनतम कार्यक्रममा समेटिएको कुराहरू कार्यान्वयनका लागि गठबन्धनमा आबद्ध सबैले जोड गर्नुपर्ने उनको भनाइ छ।

'अघिल्लाभन्दा यो अलि राम्रो छ भनेर मैले प्रतिक्रिया पाएको छु। तर यसको इमान्दार कार्यान्यनतिर गठबन्धनका सबै दल लाग्नुपर्ने र मन्त्रालयहरूले पनि यहीअनुसार कार्ययोजना ढालेर गर्न जरुरी छ,' उनले भने। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.