मकवानपुरका तीनवटा सुधारगृहको अनुगमन

मकवानपुरका तीनवटा सुधारगृहको अनुगमन
सुन्नुहोस्

हेटौंडा : मकवानपुर प्रशासनले जिल्लाका तीनवटा सुधारगृहको अनुगमन गरेको छ। 

बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित टोलीले हेटौंडा–९ स्थित उज्यालो भविष्य समाज र ब्रीज अफ होम नामक सुधार गृहको स्थलगत अनुगमन गरी दूर्व्यसनीका कारण सुधारका क्रममा रहेकाहरूको अवस्था र सुधार गृहको व्यवस्थापनबारे जानकारी लिएको हो। 

अनुगमनका क्रममा उज्यालो भविष्य समाजको भान्सा फोहोर र अव्यवस्थित अवस्थामा रहेको फेला परेपछि तत्काल सुधार गर्न निर्देशन दिइएको समेत सहायक प्रजिअ शर्माले बताए। 

त्यस्तै हेटौंडा–८ मा रहेको सुरुवाती पुनस्थापित सुधार गृहले भने संस्था दर्ता तथा नवीकरण नगरेको, समयमै राजश्व नतिरेको फेला परेपछि अनुगमन टोलीले ती सबै प्रक्रिया कार्यान्वयन गरिहाल्न निर्देशन दिएको हो। 

अनुगमनका क्रममा तीनवटै केन्द्रका बालबालिका तथा किशोर किशोरीहरूलाई सिपमुलक तालिम दिई संस्थाबाट बाहिरिएपश्चात व्यावहारिक जीवनमा फर्काउन चालचलन सुधार तथा आर्थिक आत्मनिर्भरतातर्फ उन्मुख गराउन प्रशासनलगायत सरोकारवाला संस्थाहरूले  पनि सहयोग गर्ने सहायक प्रजिअ शर्माले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.