जहाँ खाली, त्यहीँ फोहोरको थुप्रो

जहाँ खाली, त्यहीँ फोहोरको थुप्रो
सुन्नुहोस्

जनकपुरधाम : ‘हाम्रो जनकपुरधाम : राम्रो जनकपुरधाम’ नाराका साथ अघि बढेर सफा र सुन्दर जनकपुरधाम बनाउने तथा स्वच्छ सफा र हराभरा सहरको नारा उप–महानगरपालिकाको हो। तर, विडम्बना उप–महानगरपालिका–८ का दिपक चौधरीले घर अगाडिको खाली जग्गामा कहिल्यै सफा देखेका छैनन्। जहिल्यै फोहोरले डुङडुङ गन्हाउने डुंगुर र पानी बगिरहन्छ।

चौधरीको घर अगाडिको खाली जग्गामा पहिले पोखरी थियो तर अहिले त्यही पोखरीलाई फोहोरले पुर्दै फोहोरको ठूलै डुंगुर छ। एक दुई दिन वा एकआध वर्षको कुरा होइन, वर्षाैं बितिसक्यो। अवस्था त्यस्तै छ। फोहोरको डंगुरबारे न स्थानीय सरकारलाई मतलब छ, न स्थानीयबासीलाई नै। जानकी मन्दिरकै वरपरि पर्ने क्षेत्र भएकोले वरिपरी सफा सुग्घर भए पनि त्यहाँ कसैको नजर पर्न सकेको छैन। 

प्रदेश तथा स्थानीय सरकारले करोडौैंको लगानी जानकी मन्दिरमा गरे पनि फोहार मन्दिरकै अगाडि फाल्ने गरिएको छ। यो समस्या सामाधान गर्नमा बृहत्तर जनकपुर क्षेत्र विकासदेखि अन्य संघसंस्थालाई अझै फोहोरले गन्हाएको छैन।

‘दुर्गन्धले मानिसलाई हिँड्डुल गर्न गाह्रो हुन्छ। नगरपालिकाले आएर सफा गरिदिन्छ, सफा गरेर जान नपाउँदै मानिसहरूले आएर फोहोर फालिदिन्छन्,’ सुशील कर्ण भन्छन्, ‘टोल सुधार समितिदेखि हामीले पनि हार मानिसकेको छौं। कसरी टोल सफा राख्ने भन्ने जनचेतना मान्छेमा छैन।’ उनले आफूले छरछिमेकलाई त्यहाँ फोहोर नफाल्न आग्रह गर्दा उल्टै गाली खाने गरेको सुनाए। कर्णको घर पनि त्यही क्षेत्रमा छ। फोहोरको डँगुरले उनी हैरान छन्। ‘फोहोरले गर्दा झिंगा एकदमै लाग्छ, गन्हाउँछ, आउन जान गाह्रो हुन्छ, नाक छोपेर आउजाउ गर्नुपर्छ,’ उनको दुखेसो छ।

उप–महानगरपालिकालाई पटक–पटक भन्दा पनि नटेरेको स्थानीयको गुनासो छ। चुनावमा स्मार्ट सिटीको सपना बाँड्ने जनप्रतिनिधिहरू चुपचाप छन्। उनीहरूलाई अहिले सडकको फोहोरले गिज्याइरहेको छ। उप–महानगरपालिकाको भित्री सडकका गल्ली, लिंक रोड, खाली जग्गा र नालामा फोहोरको थुप्रो लागेको देख्न सकिन्छ। एउटा स्थानीय सरकारको कार्यकाल सकियो। 

अर्को आएको पनि झण्डै वर्ष दिन बित्नलाग्दा पनि नगरको सरसफाइमा सुधार हुन नसक्दा नगरवासी निरास छन्। देशकै धार्मिक, सांस्कृतिक तथा पूरातात्विक महत्व बोकेको हिन्दुहरूको आस्थाको केन्द्र जनकपुरधाम ‘महानगरपालिका’ भएको स्थानीय आमिन राई बताउँछन्।

‘मुख्य सडकमै फोहोर हुन्छ, खाली जमिन भएको ठाउँमा फोहोर नै देखिन्छ, नालामा त्यतिकै फोहोर थुप्रिएको छ, फोहोरमा गाईबस्तु चरिरहेका हुन्छन्, जताततै छाडा चौपायाको आतंक छ, मच्छरले टोकेर हैरान बनाउँछ’ रामानन्द चोकका नविन यादव भन्छन्’ ‘वडाध्यक्षलगायत जनप्रतिनिधिहरू के हेरिरहेका छन्, थाहा छैन।’

जनकपुरकै माँ जानकी कम्प्युटर तथा इलेक्ट्रोनिक्सका सञ्चालक÷व्यवसायी अजय चौधरीले भोट दिएर जनप्रतिनिधि चुनेर पठाए पनि सरसफाइलगायत अन्य विकासका काममा खासै उपलब्धि हुन नसकेको गुनासो गरे। केही ठाउँमा ‘फोहोर मलाई’ लेखेर डस्टबिन राखिएको छ। तर, त्यसमा होइन नजिकै फोहोरको थुप्रो भेटिन्छ। जथाभावी फोहोर फाल्ने नगरबासी अनि फोहोरलाई व्यवस्थापन गर्न नसक्ने उप–महानगरपालिकाका कारण देशकै उत्कृष्ट एक सहर र राजधानी दुर्गन्धित सहरको रुपमा परिचित छ।

बनेन ल्यान्डफिल साइट

निर्वाचनको विजयीसँगै उप–महानगरपालिका भित्र फोहोर व्यवस्थापनका लागि सेनेटरी ल्यान्डफिल साइट निर्माण तत्काल सुरु गराउने र फोहोर व्यवस्थापनका लागि आवश्यक उपकरण तथा जनशक्ति परिचालन गर्ने मेयरको प्रतिबद्धता पुरा हुन सकेको छैन। 

साहले फोहोर व्यवस्थापन कार्यमा आधुनिक तथा वैज्ञानिक प्रणाली अपनाई यसबाट घरेलु कार्यमा प्रयोग हुने ऊर्जा तथा कम्पोस्ट मल उत्पादन गर्ने प्रतिबद्धता गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.