पाल्पाको रैनादेवीछहरा गाउँपालिका उत्कृष्ट

पाल्पाको रैनादेवीछहरा गाउँपालिका उत्कृष्ट
सुन्नुहोस्

तानसेन : पाल्पाको स्थानीयतह कार्यसम्पादन सूचकमा रैनादेवीछहरा गाउँपालिका जिल्लामा उत्कृष्ट पालिका भएको छ। राष्ट्रिय प्रकृति तथा वित्त आगोगले विभिन्न १७ वटा सूचकमा गरेको कार्यसम्पादनमा पाल्पाका १० वटा गाउँपालिकामध्ये रैनादेवीछहरा गाउँपालिका सबैभन्दा उत्कृष्ट पालिका भएको हो।

आयोगले विभिन्न १७ वटा सूचकमा गरेको मुल्याङकनमा चालू आर्थिक बर्षको बजेट निर्धारित समयमै गाउँ तथा नगरसभामा पेस गरी असार मसान्तभित्र पारित गरेको, स्थानीय सरकारले लिने घर जग्गा, विज्ञापन तथा मनोरञ्जन करको ४० प्रतिशत प्रदेश सरकारमा दाखिला गरेको, आगामी बर्षको लागी आय व्ययको विवरण संघिय अर्थ मन्त्रालयमा पेश गरिसकेको, बजेट कार्यान्वयको विषयमा पारित गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरेको, अनुमानित राजस्व संकलन अनुसारको राजस्व संकलनको अवस्था, बेरुजुको अवस्था जस्ता सूचकहरू छन्।

यसैगरी वित्त आयोगले तोकेका अन्य सूचकहरूमा आवधिक योजना तर्जुमा, कक्षा १ देखि १० सम्म विद्यार्थी भर्ना, टिकाउ सिकाइ उपलब्धिको अवस्था, चार पटकसम्म गर्भजाँच र अस्पतालमा हुने सुत्केरीको अवस्था, दुई वर्षसम्मका वालवालिकाको खोपको अवस्था, वित्त आयोगले तोकेको विषयबस्तु अनलाइनमा अपडेट गरेको अवस्थाका विषय वस्तुमा मूल्यांकन गर्दा पाल्पामा रैनादेवीछहरा गाउँपालिका उत्कृष्ट भएको हो। रैनादेवी छहरा गाउँपालिकाले १०० पूणांकमा ७१.१७ अंक ल्याई पाल्पामा पहिलो भएको हो। पाल्पामा उत्कृष्ट नतिजा हासिल गरेको रैनादेवी छहरा गाउँपालिकाले आगामी वर्षका लागि ६० लाख रुपैयाँ समानीकरण अनुदान पाउने भएको छ। 

यसैगरी पूर्वखोला गाउँपालिका स्थानीयतह कार्यसम्पादनमा दोस्रो भएको छ। पूर्वखोलाले ६७.७९ अंक प्राप्त गरी ५७ लाख रुपैयाँ अनुदान पाएको छ भने तेस्रोमा बगनासकाली गाउँपालिका भएको छ। बगनासकालीले ६४.४४ अंक प्राप्त गरी ५४ लाख रुपैयाँ अनुदान पाउने भएको छ। निस्दी गाउँपालिकाले ५९.०९ अंक प्राप्त गरी ५० लाख रुपैयाँ समानीकरण अनुदान पाउने भएको हो। 

वित्त आयोगले गरेको १७ सूचकको मूल्यांककनमा रम्भा गाउँपालिका पाँचौं भएको छ। रम्भाले ५७.२८ अंक प्राप्त गरी ४८ लाख रुपैयाँ अनुदान पाएको छ। तासेन नगरपालिका र रामपुर नगरपालिकाको अवस्था भने उस्तै उस्तै रहेको छ। रामपुरले ५६.८८ अंक र तानसेनले ५६.७६ अंक प्राप्त गरेका छन्। दुवै नगरपालिकाले समानरुपमा ४८ लाख रुपैया अनुदान पाउने छन्। 

माथागढी गाउँपालिकाले ५२.९३ अंक प्राप्त गरी ४५ लाख, रिब्दीकोटले ५०.०३ अंक प्राप्त गरी ४२ लाख र तिनाउँ गाउँपालिकाले ४८.६० अंक प्राप्त गरी ४१ लाख रुपैया अनुदानका लागि वित्त आयोगले नेपाल सरकार अर्थमन्त्रालय लाई सिफारिस गरेको छ। वित्त आयोगले निर्धारण गरेको १७ वटा सूचकहरूमा आधारित भएर गाउँपालिकाले काम गर्दै आएको सोहीअनुसार जिल्लामा उत्कृष्ट अंक र अनुदान पाउदा नियम कानुन र जनताको पक्षमा काम भएको महसुस भएको रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराईले बताए। आगामी वर्ष अहिलेको भन्दा अझै उत्कृष्ट अंक र अनुदान रकम बढाउने गरी काम गर्ने अध्यक्ष भट्टराईले बताए। 

वित्त आयोगले गरेको स्थानीयतह कार्यसम्पादन मूल्यांकनमा जिल्लामै उत्कृष्ट हुन पाउँदा कर्मचारीहरूमा पनि काम गर्ने ऊर्जा थपिएको प्रमुख प्रशासकीय अधिकृत जीवन सारुले बताए। पालिकाका जनप्रतिनिधि, कर्मचारीहरू एक आपसमा समन्वय, सहकार्य, ऐन नियम कानुनमा आधारित भएर काम गरेको कारण वित्त आयोगको स्थानीयतह कार्यसम्पादनमा जिल्लामा उत्कृष्ट भएकोमा गर्व लागेको पालिकाका सूचना अधिकृत नारायण मल्लले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.