कांग्रेसले गर्‍यो नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी

कांग्रेसले गर्‍यो नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी
सुन्नुहोस्

तनहुँ : नेपाली कांग्रेस नगर कार्य समिति भिमादले भिमाद नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको छ। 

नगरपालिका अन्तर्गत रहेको शिक्षा शाखामा लामो समयदेखि विभेदकारी शैली, अनियमितता र मनपरी हर्कत देखिएको भन्दै तालाबन्दी गरिएको नगरकार्य समितिका सभापति अरविन श्रेष्ठले जानकारी दिए।

शक्ति र सत्ताको आडमा मनपरी गर्नेका विरुद्धमा उभिदै त्रुटि सच्याउनका लागि दवाव स्वरूप शिक्षा शाखामा तालाबन्दी गरिएको उनले बताए।

श्रेष्ठले नगरप्रमुख दधिराज सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाउँदै निजी स्वार्थ र संगठनमा आवद्धताको आधारमा शिक्षक सरुवा गरेको, शिक्षकहरूलाई अनावश्यक दुःख दिने, योग्यताको र तहको आधारमा प्रधानाध्यापक नियुक्ति नगरी राजनीतिक स्वार्थबाट प्रेरित भई प्रधानाध्यापक नियुक्ति गर्ने गरेको भन्दै ध्यानाकर्षण गरेका छन्। 

अस्थायी, करार शिक्षक छनोट प्रक्रिया निष्पक्ष नभएको, विद्यालयमा विद्यार्थीहरूको चाप र आवश्यक विषय अनुसार दरबन्दीको व्यवस्था नगरी मनपरी तरिकाले दरवन्दी थपघट गरेको,  आफ्नो नजिकको मान्छेको अस्थायी करार जागिर जोगाउन विषय परिवर्तन गरी सरुवा गराउने विधिबाट उद्देश्य पुरा गर्ने गरेको, मावि तहसम्मको अनिवार्य निःशुल्क शिक्षाको नीति नियमलाई उल्लंघन गरी कतिपय सामुदायिक विद्यालयले विद्यार्थीसँग रकम असुली गर्दा मौन रहँदै आएको, शिक्षक सेवा आयोगबाट छनोट भई नगरपालिकामा आएका शिक्षकहरूलाई प्राथमिकताका आधारमा विद्यालयमा नियुक्ति दिनुपर्नेमा सो नगरी सुगम ठाउँका विभिन्न विद्यालयहरूमा दरवन्दी सार्वजनिक नगरी लुकाई मनोमानी तरिकाले सरुवा गर्ने काम गरेको आरोप उनले लगाए। 

उनले यस्ता त्रुटीहरू तत्काल सुधार्न माग गदै नगर प्रमुखको ध्यानाकर्षण गराएका छन्। ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख सुवेदीले नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताउँदै सत्य, तथ्य बुझी काम कारबाही अगाडि बढाउने बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.