बंगलादेशमा दुई आदिवासी समूहबीच भएको झडपमा आठ जनाको मृत्यु

बंगलादेशमा दुई आदिवासी समूहबीच भएको झडपमा आठ जनाको मृत्यु

ढाका : बंगलादेशको अशान्त चटगाउँ पहाडको एक दुर्गम सहरमा दुई आदिवासी विद्रोही समूहबीच भएको गोली हानाहानमा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ।

गत अक्टोबरदेखि पर्यटकका लागि बन्द रहेको रोनवागन्छरी सहरमा सुरक्षा फौजले विद्रोही समूह कुकी-चीन नेसनल फ्रन्ट (केएनएफ)विरुद्ध कारबाही सुरु गरेपछि झडप भएको थियो।

यस अभियानले सयौं आदिवासीहरूलाई विस्थापित गरेको छ। यसका कारण कैयौँ व्यक्ति धेरै दिनसम्म पैदल हिँडेर सीमा पार गरेको र उत्तरपूर्वी भारतको एक दुर्गम कुनामा शरण लिएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

स्थानीय प्रहरी प्रमुख तारिकुल इस्लामले एएफपीलाई बताएअनुसार दुई प्रतिद्वन्द्वी सशस्त्र समूहबीच बिहीबार राति झडप भएको थियो र अधिकारीहरूले शुक्रबार बिहान आठ जना आदिवासीको शव फेला पारेका थिए। उनीहरू सशस्त्र झडपमा मारिएको इस्लामले एएफपीसँग बताए।

उनका अनुसार आक्रमण भएको खामताङपाडा गाउँमा करिब ६० जना आफ्नो घर छोडेर भागेका छन्। नाम नबताउने शर्तमा अर्का प्रहरी अधिकारीले एएफपीलाई बताएअनुसार मृत्यु हुनेमा बावम नामको सानो क्रिश्चियन आदिवासी समुदाय रहेको छ। 

उनीहरू केएनएफका संदिग्ध सदस्यहरू थिए जसलाई युनाइटेड पिपुल्स डेमोक्रेटिक फ्रन्टको विभाजित गुटले गोली हानेर मारेको थियो। गत महिना बंगलादेशी सेनाले केएनएफले आफ्ना एक सैनिकको हत्या गरेको र अर्का एक जनालाई घाइते बनाएको आरोप लगाएको थियो। 
 
र्‍यापिड एक्सन बटालियन (आरएबी) प्रहरी एकाइले केएनएफले इस्लामी अतिवादीहरूलाई आश्रय र प्रशिक्षण दिएको आरोप पनि लगाएको छ। बंगलादेशको दक्षिणपूर्वी क्षेत्र रहेको चटगाउँ पहाड दुई दशक लामो विद्रोहको स्थल थियो जसले हजारौं सर्वसाधारणको ज्यान लिएको थियो।

सन् १९९७ मा भएको शान्ति सम्झौतासँगै औपचारिकरूपमा द्वन्द्व अन्त्य भए पनि त्यस क्षेत्रमा कम्तीमा छ वटा सशस्त्र समूह सक्रिय रहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.