माहोल नयाँ र युवाको छ, एमालेले जवानलाई उम्मेदवार उठाएको छ : केपी ओली

माहोल नयाँ र युवाको छ, एमालेले जवानलाई उम्मेदवार उठाएको छ : केपी ओली
न्याैपानेलाई मत माग्दै अध्यक्ष ओलीले फेसबुकमा राखेको तस्बिर।
सुन्नुहोस्

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमाले सधैं जनताको मन र मस्तिष्क बुझेर अगाडि बढ्ने बताएका छन्।

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी माहोल नयाँ र युवाको रहेको बताएका छन्। शनिबार बिहान सामाजिक सञ्जालमा उनले नयाँ र युवाको चाहना बुझेर एमालेले जवानलाई उठाएको स्पष्ट पारेका छन्। 

उनले तस्बिर राख्दै लेखेका छन्, ‘यी हुन् राम न्यौपाने,उमेर ४३ वर्ष, चितवन- २ का एमाले उम्मेदवार ! पहिलो पटक चुनाव उठ्दैछन्। माहोल नयाँ र युवाको छ, यही चाहना बुझेर एमालेले यी लक्काजवानलाई उठाएको  हो।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमाले सधैं जनताको मन र मस्तिष्क बुझेर अगाडि बढ्ने बताएका छन्। 

नागरिकता प्रकरणमा सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवनमा हुन लागेको उपनिर्वाचनमा एमालेबाट न्यौपाने, रास्वपाबाट लामिछाने र कांग्रेसबाट जीतनारायण श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.