वेस्टब्याङ्कमा गोलाबारी, दुई महिला मारिए

वेस्टब्याङ्कमा गोलाबारी, दुई महिला मारिए
सांकेतिक तस्बिर।
सुन्नुहोस्

मृतकहरूको परिचय र थप विवरण सार्वजनिक गरिएको छैन । आक्रमण भएको गाडीमा रहेका अन्य मानिस पनि घाइते भएका बताइए पनि त्यस सम्बन्धमा कुनै सूचना प्राप्त भएको छैन ।

वेस्टब्याङ्क  : वेस्टब्याङ्कमा शुक्रबार भएको गोलाबारीमा २ जना महिला मारिएका छन् । जोर्डन उपत्यकाको उत्तरी भागमा रहेको हमरा जङ्शनमा गाडीमा आक्रमण हुँदा ती महिला मारिएका इजरायली सेनाले जनाएको छ । 

मृतकहरूको परिचय र थप विवरण सार्वजनिक गरिएको छैन । आक्रमण भएको गाडीमा रहेका अन्य मानिस पनि घाइते भएका बताइए पनि त्यस सम्बन्धमा कुनै सूचना प्राप्त भएको छैन । 

यसैबीच संयुक्त अधिराज्यले इजरायलमा भड्किएका हिंसाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्बद्ध पक्षलाई संयमित हुन आह्वान गरेको छ । विदेशमन्त्री जेम्स क्लेभर्लिले गाजापट्टी र लेबनानमा इजरायलले हवाई आक्रमण गरेपछि बदलामा दुवैपक्षबाट इजरायलमाथि रकेट प्रहार भएकामा चिन्ता व्यक्त गर्दै तनाव कम गर्न आह्वान गरेका हुन्। 

इजरायलको आत्मरक्षाको अधिकारप्रति समर्थन जनाए पनि बेलायतका विदेशमन्त्रीले रमजानको पवित्र महिनामा पूर्वी जेरुसेलमस्थित अलअक्सा मस्जिदमा भएको झडपको आलोचना गरेका छन्। साथै उनले उत्तेजक गतिविधि तत्काल बन्द गर्न पनि सम्बद्ध पक्षलाई आग्रह गरेका छन्। मध्यपूर्वमा दिगो शान्ति कायम गर्न द्वन्द्वरत पक्षबीच अविलम्ब वार्ता हुनुपर्नेमा पनि उनले जोड दिएका छन्। 

मध्यपूर्वमा शान्ति कायम गर्नेसम्बन्धमा विगतमा भएका क्षेत्रीय शान्ति शिखर सम्मेलनमा इजरायल र प्यालेष्टिनी पक्षबीच भएका सहमतिको सम्मान तथा तिनको पालनाबाट विमुख नहुन दुवै पक्षलाई बेलायतले आग्रह गरेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.