इरानमा छात्रालाई कसले किन खुवाउँदैछ विष?

इरानमा छात्रालाई कसले किन खुवाउँदैछ विष?

तेहरान : इरानका विभिन्न विद्यालयमा शनिबार दर्जनौं छात्रालाई विष खुवाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। नोभेम्बरको अन्त्यदेखि छात्राहरूलाई मात्र पढाइ गरिने धेरै विद्यालयहरू ग्याँस वा विषाक्त पदार्थहरूको सेवनका घटनाहरूबाट प्रभावित भएका छन्। कतिपय अवस्थामा यस्ता घटनाका कारण विद्यार्थीहरू बेहोस हुने र अस्पताल भर्ना हुने गरेका छन्।

तेलको धनी दक्षिणपश्चिमी प्रान्त खुजेस्तानको हाफ्टकेल शहरको एक बालिका विद्यालयमा कम्तीमा ६० जना विद्यार्थीलाई विषाक्त पदार्थ खुवाइएको सरकारी टेलिभिजनको आईआरआईबी समाचार एजेन्सीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।

'उत्तरपश्चिमको अर्दाबिलका पाँच वटा विद्यालयमा’ थुप्रै छात्रामा विषाक्त वस्तु सेवनका कारण ‘झर्किने, सास फेर्न गाह्रो हुने र टाउको दुख्ने’ लक्षण देखिएको प्रान्तीय चिकित्सा अधिकारीले सञ्चारमाध्यमलाई बताएका छन्।

पश्चिम अजरबैजान प्रान्तको राजधानी उर्मियाको उत्तरपश्चिमी शहरमा ‘धेरै छात्राहरू बिरामी भएपछि शनिबार अस्पताल लगिएको’ आइएलएनए समाचार संस्थाले जनाएको छ।

मार्च ७ मा उपलब्ध गराइएको आधिकारिक गणनाअनुसार देशका ३१ प्रान्तमध्ये २५ मा रहेका २३० भन्दा बढी प्रतिष्ठानमा ‘पाँच हजारभन्दा बढी विद्यार्थीहरू’ यस्तै विषाक्तताबाट प्रभावित भएका छन्।

यी घटनाको छानबिनका लागि गठित राष्ट्रिय अनुसन्धान समितिका प्रमुख सांसद हामिदरेजा काजेमीको नेतृत्वमा समिति बनेको छ। समितिले ‘अन्तिम प्रतिवेदन’ दुई हप्ताभित्र सार्वजनिक गर्ने जिम्मेवारी पाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.