ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
गाईघाटमा दुर्घटनाग्रस्त सवारीसाधन। तस्बिर : भरत खड्का
सुन्नुहोस्

उदयपुर : गाईघाटमा आइतबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकलको चालकको घटनास्थलमा नै मृत्यु भएको छ । काठमाडौंबाट झापातर्फ जाँदै गरेको मे.१.ख.२१८४ नम्बरको ट्रकको ठक्करबाट प्रदेशनं. १–०५–००१ प.६१५९ नम्बरको मोटरसाइकल चालक त्रियुगा नगरपालिका -१४ का ४३ वर्षीय तारणी मगरको मृत्यु भएको हो । 

मदन भण्डारी स्मृति लोकमार्गको गाईघाट बजारको मुख्यचौकमा मोटरसाइकल अचानक मोडिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए ।null

दुर्घटना लगत्तै प्रहरीले चालक झापा कन्काई नगरपालिका ६ का २२ वर्षीय भुपेन्द्रराज वंशी र चालकलाई नियन्त्रणमा लिएको उनले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चालक हिमाली यातायात व्यावसायिक केन्द्र गाईघाटका व्यावसायी हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.