गाउँमा चिल्ड्रेन पार्क

गाउँमा चिल्ड्रेन पार्क
सुन्नुहोस्

दोलखा : दोलखाको गौरीशंकर गाँउपालिका–५ इविथानमा चिल्ड्रेन पार्क निर्माण भएको छ। तर, निर्माण सम्पन्न भएको झण्डै एक वर्ष बित्न लाग्दासमेत सञ्चालन नहुँदा स्थानीयले गुनासो गरेका छन्। 

बागमति प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तरगत प्राप्त करिब एक करोड ५३ लाख रुपैयाँको लागतमा निर्माण भएको चिल्ड्रेन पार्क चार रोपनी जग्गामा फैलिएको छ। पाँच नम्बर वडा कार्यालय र सुरी प्राथमिक स्वास्थ्य केन्द्र रहेको इविथान क्रमशः सहरीकरण हुदै जाँदा चिल्ड्रेन पार्क निर्माणले सौन्र्दय थपिएको तर, सञ्चालन नहुँदा स्थानीय निराश बनेको स्थानीय छिन्डोमा शेर्पाले बताइन्। 

५९-६० सालसम्म एउटा स्वास्थ्य चौकी, एउटा विद्यालय र ३-४ वटा  मात्र घरहरू रहेको इविथानमा अहिले झण्डै ७० घरधुरी छन्। धेरै कुराको विकास भएको छ, चिल्ड्रेन पार्क सञ्चालनमा आए बालबालिकाको पर्यटकीय केन्द्र बन्न सक्ने स्थानीयको भनाइ छ। 

गौरीशंकर गाँउपालिका–५ सुरीका वडा अध्यक्ष सुन्दर खड्का चिल्ड्रेन पार्कमा केही संरचना निर्माण गर्न बाँकी रहेको र व्यवस्थापनका लागि समिति निर्माण गर्न लागिएकोले सञ्चालनमा केही ढिलाइ भएको बताउँछन्। वडाको केन्द्रमा निर्माण भएको चिल्ड्रेन पार्क सबै हिसाबले आवश्यक छ, वडा अध्यक्ष खड्काले भने, ‘अब केही महिनाभित्र नै व्यवस्थित ढङ्गले पार्क सञ्चालन गर्नेछौं।’ पार्क सञ्चालन भएपछि दैनिक ५० भन्दा बढी बालबालिका अभिभावकसहित पुग्ने अनुमान गरिएको वडा अध्यक्ष खड्काको भनाइ छ।

स्थानीय व्यवसायी राजन घतानी हिमाली गाँउलाई पर्यटकीय केन्द्र बनाउन, स्वास्थ्य केन्द्र तथा वडा कार्यालयमा सेवाग्राहीसँग आउने बालबालिकालाई भुलाउन र बजार क्षेत्रका बालबालिकालाई फुर्सदको समयमा रमाउन चिल्ड्रेन पार्क आवश्यक भएपनि सञ्चालन हुन नसक्दा उपयोगविहीन बनेको बताउँछन् । ‘वडा अध्यक्षले चाँडै पार्क सञ्चालन हुन्छ भन्नु भएको छ, हामी आश गरेर बसेका छौं’, घतानीले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.