अछाममा बसको ठक्करबाट घाइते युवकको मृत्यु, आफन्‍त आन्दोलित

अछाममा बसको ठक्करबाट घाइते युवकको मृत्यु, आफन्‍त आन्दोलित
तस्बिर : गीता कुँवर
सुन्नुहोस्

अछाम  : बसको ठक्करबाट घाइते भएका साँफेबगरका एक युवकको उपचारको क्रममा ज्यान गएपछि आफन्तहरू आन्दोलित भएका छन् । साँफेबगर नगरपालिका-३ सिद्देश्वरका २६ वर्षीय हेमराज कुँवरको उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरू आन्दोलित भएका हुन्।

मृतकका आफन्तहरूले दुई दिनदेखि बजार र यातायात ठप्प पारेका छन् । 

nullnullnull

साँफेबगरमा र जयगढमा बस काउन्टरमा तोडफोड समेत गरेका छन् । डाक्टर र बस व्यवसायी समितिको मिलेमतोमा ज्यान गएको मृतकका आफन्तको आरोप छ । ठक्कर दिने सुप्रप ०१–००१ ख ३१५४ नम्बरका गाडी चालकलाई कारबाही र मृतकको श्रीमती र दुई छोरीको लालन पालनको जिम्मा लिनुपर्ने मृतकका आफन्तले माग गरेका छन्।

चैत १९ गते साँफेबगर नगरपालिका ७ रिडिकोटको वडा कार्यालय नजिकै बसले ठक्कर दिएको थियो । कुँवरको उपचारका क्रममा काठमाडौंमा चैत्र २४ गते मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.