पर्सामा ठूलो परिमाणमा चरेस र गाँजासहित चार जना पक्राउ

पर्सामा ठूलो परिमाणमा चरेस र गाँजासहित चार जना पक्राउ
सुन्नुहोस्

वीरगन्ज : पर्सामा आइतबार प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेस र गाँजासहित चार जनालाई पक्राउ गरेको छ। 

पटेर्वा सुगौली गाउँपालिका-५ देवरीयामा प्रदेशी राउत थारुको घरमा आइतबार साँझ प्रहरीले छापा मारेर चरेस र गाँजा सहित तीन जनालाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए। 

प्रहरी निरीक्षकद्वय आशुतोष शाही र प्रज्वल थपलियाको नेतृत्वको टोलीले आइतबार साँझ साढे ४ बजे थारुको घरमा छापमा मारेर खान तलाशी गर्दा लुकाएर भण्डारण गरिराखिएको १ सय १८ केजी चरेस र ४ केजी गाँजा बरामद गरेको हो। 

चरेस र गाँजाको कारोबारमा संलग्न घरधनी ६० वर्षीय थारु, मकवानपुरको मकवानपुर रक्सीराङ गाउँपालिका-८ का ३८ वर्षीय रमेश मोक्तान र मकवानपुरकै मनहरी गाउँपालिका-६ का २५ वर्षीय  रोशन मोक्तानलाई पक्राउ पनि गरिएको शाहले जानकारी दिए। 

यस्तै आइतबार नै दिउँसो पर्साको ठोरी गाउँपालिका-२ हनुमानगरबाट पनि गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको लोथरका ५७ वर्षीय रामबहादुर तामाङ रहेका छन्। उनलाई लागूऔषध गाँजा ६१ केजी सहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए।

गिरिका अनुसार इलाका प्रहरी कार्यालय ठोरीबाट प्रहरी निरीक्षक शंकर श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले ठोरीको ढडु खोलाको बाटो हुदै पैदल भारत तर्फ जाँदै गरेका तामाङलाई प्रहरीले रोकेर चेकजाँच गरेको थियो। त्यसक्रममा तामाङले बोकेको सेतो रङको बोराबाट ६१ केजी गाँजा बरामद भएको गिरिले बताए। 

चारै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरिले जानकारी दिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.