एयर इन्डियाको विमानभित्र चालक दलका सदस्य र यात्रुबीच झगडा,लण्डन जाँदै गरेको विमान दिल्ली फर्कायो

एयर इन्डियाको विमानभित्र चालक दलका सदस्य र यात्रुबीच झगडा,लण्डन जाँदै गरेको विमान दिल्ली फर्कायो
तस्बिर : एजेन्सी
सुन्नुहोस्

एजेन्सी : दिल्‍लीबाट लन्डन उडेको एयर इन्डियाको विमानमा चालक दलका सदस्य र यात्रुबीच झगडा हुँदा जहाज पुन:दिल्ली फर्काइएको छ।

विवादले चर्को रुप लिएपछि उडेको केही समयमै विमान दिल्ली फर्काइएको हो। समाचार एजेन्सी एएनआईले एयर इन्डियाका अधिकारीलाई उदृध गर्दै लन्डन उडेको केहीबेरमा विमान फर्काइएको बताएको छ। झगडाको कारण भने खुलाइएको छैन।

एयर इन्डियाले दिल्ली–लन्डन उडेको उडान एआई १११ विमानमा सवार यात्रुको गम्भीर अभद्र व्यवहारका कारण उडान भरेको केही समयपछि नै दिल्ली फर्काउनु परेको बताएको छ।

अधिकारीका अनुसार यात्रुलाई चालक दलका सदस्यले चेतावनी दिँदा समेत मानेन।  चालक दलका दुई सदस्यलाई चोट समेत लागेको छ। यात्रुको थप विवरण भने आइसकेको छैन । 

घटनाबारे दिल्ली प्रहरीमा उजुरी परेको छ।  यसअघि पनि एयर इन्डियामा यात्रुहरूले गरेको दुर्व्यवहारबारे घटना सार्वजनिक भएको थियो।

केही दिनअघि मात्रै एक यात्रुले आफ्नै सहयात्रीमाथि पिसाब गरेको घटना बाहिरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.