नेपाल यातायात मजदुर संघको केन्द्रीय अध्यक्षमा भण्डारी निर्वाचित
वीरगन्ज : नेपाल यातायात मजदुर संघको केन्द्रीय अध्यक्षमा धर्मराज भण्डारी निर्वाचित भएका छन्। वीरगन्जमा सोमबार सम्पन्न ७ औं महाधिवेशनबाट संघको अध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित भएका हुन्।
संघको वरिष्ठ उपाध्यक्षमा सुमन लामा घले, खुला उपाध्यक्षमा जय बहादुर बुढा, भेष बहादुर खड्का र कमल कुमार राई तथा महिला उपाध्यक्षमा शान्ति भट्ट तथा महासचिवमा जगन्नाथ गौतम पनि निर्विरोध निर्वाचित भएका छन्।
यस्तै प्रादेशिक उपमहासचिवमा कोशीबाट बसन्त काफ्ले, मधेसबाट राजेश कुमार कार्की, बागमतीबाट उत्तम भट्टराई, लुम्बिनीबाट चिरञ्जिवी पाण्डे र सुदूरपश्चिमबाट सुरेन्द्र प्रसाद अवस्थि निर्वाचित भएका छन्।
सचिवमा रमेश कुमार कामत तथा कोषाध्यक्षमा मिनराज पनेरु निर्वाचित भएको संघका निवर्तमान अध्यक्ष अजय कुमार राईले जानकारी दिए।
निर्वाचन समितिका अनुसार संघका रहेक पदमा एक एक जनाको मात्र उम्मेदवारी परेकाले सबै निर्विरोध निर्वाचित भएका हुन्। महाधिवेशनमा देशभरबाट २ सयभन्दा बढी यातायात मजदुर सहभागी थिए।