वीरगन्ज नाका तीन दिन चौबिसै घण्टा खुला हुने

वीरगन्ज नाका तीन दिन चौबिसै घण्टा खुला हुने

वीरगन्ज : भारतबाट नेपाल प्रवेश गर्ने वीरगन्जस्थित मुख्य नाका तीन दिनका लागि चौबिसै घण्टा खुला हुने भएको छ। 

नयाँ वर्षको स्वागतमा वीरगन्ज महानगरपालिकाले वीरगन्जमा पहिलो पटक सञ्चालन गर्न लागेको 'रात्रि बजार' का लागि चैत ३० देखि वैशाख २ गतेसम्म वीरगन्ज नाका २४ सै घण्टा खुल्ला रहने भएको हो।

सामान्यतः वीरगन्ज नाका राति १० बजेपछि बिहान ५ बजेसम्म नेपाल र भारत दुवैतर्फबाट बन्द रहने गरेको छ। 

भारतीय पर्यटकहरूलाई लक्षित गरी महानगरपालिकाले नयाँ वर्षमा वीरगन्जमा सञ्चालन गर्न लागेको 'रात्रि बजार' का लागि वीरगन्ज नाका चौबिसै घण्टा खुला रहने मेयर राजेशमान सिंहले बताए। 

सोमबार 'रात्रि बजार' को तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मेयर सिंहले 'रात्रि बजार' लाग्ने तीन दिनका लागि नाका खुला राख्न नेपाल र भारतका सीमावर्ती सुरक्षा निकायसँग महानगरले सहमति गरिसकेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.