उपमेयर कप भलिबलको क्वार्टर फाइनल आजबाट

उपमेयर कप भलिबलको क्वार्टर फाइनल आजबाट
सुन्नुहोस्

हेटौंडा : हेटौंडा-१२ पान्तले स्थित बुद्ध माविको खेल मैदानमा जारी उपमहानगरस्तरीय उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको क्वाटर फाइनलका खेलहरु आजबाट हुने भएको छ। 

सोमबारबाट सुरु भएको पाँचौँ संस्करणको सो प्रतियोगिताको क्वार्टर फाइनलमा वडा नम्बर ४, ५, ६, ८, ११, १२, १६ र १९ प्रवेश गरेका छन्। त्यस्तै लिग चरणका खेलहरु सकिँदा महिलातर्फ वडा नम्बर २, ६, ९, ११, १२, १४, १७ र १९ क्वार्टर फाइनल प्रवेश गरेका हुन्। 

केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान, मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगरपालिका भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ९ वटा वडाको सहभागिता थियो। 

प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। यस्तै सेमिफाइनलसम्म पुग्ने टोलीले पनि १०-१० हजार रुपैयाँ प्राप्त गर्ने छन्। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार ५ सयसहित ट्रफी प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीहरुले नगद १ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक त्रिविक्रम रुपाखेतीले जानकारी दिए। 

प्रतियोगिताको लागि करिब ८ लाख ४६ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। प्रतियोगिताको अघिल्लो संस्करणमा महिला तथा पुरुष दुवैतर्फको उपाधि हेटौंडा १७ ले जितेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.