बर्दियाको पथरैयामा आगलागी, ४१ लाखको क्षति

बर्दियाको पथरैयामा आगलागी, ४१ लाखको क्षति
गेरुवाको पथरैयामा आगलागी भएको घर।
सुन्नुहोस्

गुलरिया : बर्दियाको गेरुवा गाउँपालिका वडा नम्वर ५ स्थित पथरैयामा आगलागी हुँदा ४१ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति पुगेको छ। कार्की गाउँमा आइतबारर दिउँसो ५ घरमा आगलागी हुँदा नगद तथा जिन्सी सामाग्री जलेर क्षति पुगेको प्रहरीको प्रारम्भिक तथ्यांक छ।

आगलागीबाट ३ वटा घर पूर्ण र २ वटा घरमा आशिंक क्षति भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहोराले बताए। आगलागीमा मानवीय तथा पशुधन क्षति भएको छैन। नवीन शाहीको घरमा अचानक लागेको आगो अन्य घरहरुमा फैलिएको हो।

'ईलाका प्रहरी कार्यालय राजापुर र पाताभारको प्रहरी टोली लगायत स्थानीयको सहयोगमा दमकल मार्फत आगो नियन्त्रणमा लिएका हौं', उनले भने, 'आगलागीबाट घर, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, ग्यास सिलिण्डर, मोबाइल सेट लगायत सुन जलेर क्षति पुगेको छ।' 

आगलागीका कारण ४ सेट मोबाइतल, साढे १ तोला सुन, ४ लाख ७५ हजार नगद र ३६ लाख ३० हजार बराबरको भौतिक क्षति भएको हाम्रो तथ्यांक छ। उनले थपे, 'नविन शाहीको २ कोठे टिनले छाएको कच्चीघर पूर्णरुपमा जल्दा नगद २ लाख रुपैयाँसहित घरभित्र राखिएको १० लाख रुपैयाँ बराबरको क्षति भएको छ। पदम बमको घर जलेर पूर्ण क्षति हुँदा नगद २५ हजार रुपैयाँ सहित ७ लाख २५ हजार रुपैयाँ बराबर धनमाल क्षति भएको छ। त्यस्तै बल बमको ३ कोठे खरले छाएको कच्चीघर पूर्ण क्षति हुँदा आधा तोला सुनको तिलहरी, नगद १ लाख ५० हजार सहित ९ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ।'

'लासु बमको २ कोठे घर आशिंक रुपमा जल्दा आधा तोला सुनको तिलहरी, नगद ५० हजार रुपैयाँ सहित ७ लाख मुल्य बराबरको क्षति भएको छ। नक बमको कच्चीघर आशिंक रुपमा जल्दा आधा तोला सुनको तिलहरी, नगद ५० हजार रुपैयाँसहित ७ लाख रुपैयाँ बराबरको क्षति भएको विवरण हामीले संकलन गरेका छौं,' डीएसपी बोहोराले भने।

हावा हुरीको मौसम भएकाले आगलागीबाट सावधानी अपनाउनु जरुरी रहेको उनले सुझाए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.