जग्गा अधिग्रहणमा समस्या, डीपीआर स्वीकृतीमा ढिलाइ र ठेकेदारको सुस्तताका कारण आयोजना पछि धकेलिने गरेको छ।

किन पछि धकेलिँदै छ द्रूतमार्ग ?

किन पछि धकेलिँदै छ द्रूतमार्ग ?
फाइल तस्बिर।
सुन्नुहोस्

म फास्ट ट्रयाक भए पनि निर्माण कार्य भने निकै सुस्त गतिको छ।

काठमाडौं : राजधानी काठमाडौंलाई तराई/मधेससँग स्तरीय सडकले छोटो दूरीमा जोड्ने रणनीतिक महत्वको देशकै पहिलो द्रुतमार्ग हो, काठमाडौं–निजगढ फास्ट ट्रयाक। नाम फास्ट ट्रयाक भए पनि निर्माण कार्य भने निकै सुस्त गतिको छ। 

जग्गा अधिग्रहणमा समस्या, डीपीआर स्वीकृतीमा ढिलाइ र ठेकेदारको सुस्तताका कारण आयोजना पछि धकेलिने गरेको छ। संसदीय समितिले समयमै काम सम्पन्न गर्न पटक–पटक आयोजनालाई निर्देशन दिइरहेका छन्। 

यस्तै काठमाडौं–निजगढ दु्रतमार्ग आयोजनाको ठेक्का व्यवस्थापन प्रक्रियामा अनियमितताको आशंका गर्दै संसदीय समितिहरूले आयोजनामा संलग्न प्रमुखलगायत जिम्मेवार पदाधिकारीहरूलाई कारबाही गर्न पनि सरकारलाई पटक–पटक निर्देशन दिएका छन्। आयोजनाको संशोधित कुल लागत अनुमान करिब २ खर्ब १३ अर्ब छ। मन्त्रिपरिषद्को ०७४ वैशाख २१ गते निर्णयबाट नेपाली सेनालाई निर्माण व्यवस्थापनको जिम्मेवारी दिइएको थियो। 

०७४ श्रावण २७ गते भौतिक मन्त्रालयले सेनालाई आयोजना हस्तान्तरण गरेको थियो। नेपाली सेनालाई आयोजना हस्तान्तरण भएपश्चात् एसियाली विकास बैंक(एडीबी)द्वारा तयार पारिएको फिजीबिलिटि स्टडी एन्ड प्रिलिमिनरी डिजाइन रिपोर्ट(२००८) लाई आधार मानी आयोजनाको प्रारम्भिक चरणका निर्माण कार्यहरू अगाडि बढाइएका छन्। कोरियाको सुसुङ्ग इन्जिनियरिङ एन्ड कन्सल्टिङले २०७५ चैत्र १४ गते सरकारलाई डीपीआर बुझाएको थियो। सरकारले ०७६ भदौ १ गते मन्त्रिपरिषद्बाट स्वीकृत गरेको थियो।nullएसियन हाइवे स्ट्यान्र्ड मापदण्डअनुरूप निर्माण गरिने द्रुत मार्ग आर्थिक वर्ष ०८०/८१ सम्म सम्पन्न गर्नुपर्ने लक्ष्य छ। जिम्मा पाए लगत्तै डीपीआरसमेत तयार नहुँदै २०७३/७४ बाट सेनाद्वारा आयोजनाको निर्माण कार्य थालनी गरिएको थियो। तीनवटा सुरुङमार्गसहित ४ लेन (दुईतर्फी २/२ लेन) को ७२.५ किलोमिटर लम्बाइको छ। यो सडक ललितपुरको खोकनादेखि काठमाडौं, मकवानपुर हुँदै बाराको पूर्व–पश्चिम राजमार्गस्थित निजगढसम्म निर्माण हुनेछ। यो आयोजनालाई ११ वटा क्लस्टरमा विभाजन गरिएको छ। द्रुतमार्गमा तीनवटा सुरुङ छन् । 

जसमध्ये ३.३५५ किमि लामो महादेवडाँडा सुरुङमार्गको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी लिमिटेडले ठेक्का लिएको छ। १.६३० किलोमिटरको धेद्रे र १.४३० किलोमिटर लेनडाँडा सुरुङमार्गको गत वर्ष नै ठेक्का भइसकेको छ। यो चाइनिज पोलिचन्दा इन्जिनियरिङ कम्पनीले यो ठेक्का लिएको छ । ०७८ वैशाख ३१ यी दुइटा प्याकेजमा ठेक्का सम्झौता भएको थियो।

पूरै द्रुत मार्गको परामर्शदाता कोरियन कम्पनी योसिन इन्जिनियरिङ कर्पाेरेसन नियुक्त भएको हो। परामर्शदाता कम्पनीले पनि उपयुक्त काम गर्न नसकेको बताइन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.