सगरमाथा क्षेत्र आउने पर्यटकले मन्थली विमानस्थल भरिभराउ
सोलुखुम्बु : सोलुखुम्बुको लुक्ला आउने पर्यटकले रामेछापको मन्थली विमानस्थल भरिभराउ बनेको बन्न थालेको छ।
नागरिक उड्डयन प्राधिकरणले समर सेडुल ‘स्टल रुट’ अनुसार लुक्लाका लागि उड्ने पर्यटकीय उडान मन्थलीबाट सुरु गरेसँगै अहिले मन्थली विमानस्थल विदेशी तथा स्वदेशी पर्यटकको चाप उच्च भएको हो।
अहिले मन्थलीबाट तारा, सिता र समिट लगायतका विभिन्न निजी कम्पनीहरूले दैनिक लुक्लाका लागि पर्यटकहरू बोकिरहेका छन्। समर सेडुल अन्तरग तगत चैत्र १६ गतेबाट मन्थलीदेखि लुक्लासम्मका उडान सञ्चालन भइरहेका छन्।
यस बीचमा सयौं उडान भइसकेको नागरिक उड्डयन प्राधिकरण रामेछापले जनाएको छ। जसमा मन्थलीबाट यस सिजनको सबैभन्दा बढी ५५ वटासम्म उडान भएको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठले जानकारी दिए।
मन्थलीबाट लुक्लाका लागि विमान सञ्चालनमा आएपछि मन्थली विमानस्थल र आसपासको क्षेत्र विदेशी पर्यटकले खचाखच भएका छन्।
मन्थलीमा धेरै सुविधासम्पन्न होटल नभएका कारण राति काभ्रेको धुलीखेल, सिन्धुलीको मुलकोटलगायतका क्षेत्रमा बास बसेर पर्यटकहरू बिहानै मन्थली आई सोलुतर्फ आउने गरेका छन्।
मन्थलीबाट सोलुका लागि हुने अधिकांश उडान बिहान सबेरै हुने गर्छन्। अहिले मन्थलीमा रहेका होटलहरू पनि पर्यटकहरूले खचाखच भएका छन्। मन्थली विमानस्थललाई काठमाडौंको वैकल्पिक विमानस्थलको रुपमा विकास गर्ने सरकारको योजना छ।