एमालेको 'मिसन ग्रासरुट' अभियानमा २० काम भएको दावी

एमालेको 'मिसन ग्रासरुट' अभियानमा २० काम भएको दावी

उदयपुर : नेकपा एमाले उदयपुरले ‘मिसन ग्रासरुट' अभियानमा पार्टी निर्माण सम्बन्धी २० वटा महत्वपूर्ण कामहरू भएको दावी गरेको छ। 

प्रेस चौतारी नेपाल उदयपुरले सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्लाका ८ वटा स्थानीय तहका ७५ वडामा अभियान लक्षित कार्यक्रमहरू सम्पन्न भएको बताएको छ। 

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला अध्यक्ष परमेश्वर घिमिरेलेले अभियानमा जिल्लाभर खटिएका १५ हजार संगठित कार्यकर्ताले ६ सय ९० वटा टोलकमिटी गठन तथा परिचालन गरेको बताए। 

अभियानका क्रममा वडासम्म व्यवस्थित कार्यालय, व्यवस्थित संरचना, प्रशिक्षित कार्यकर्ता उत्साहित जनप्रतिनिधि, व्यवस्थिति संगठन, पार्टी प्रवेश अभियानको तीव्रता र आकर्षणका कामहरू भएको उनले बताए। 

त्यसैगरी जेष्ठनागरिक सम्मान, समुदाय र सामुदायिक क्षेत्रमा एमाले, जनताको सुख दुखको साथी नेकपा एमाले, कम्युनिष्ट आचारण र श्रमको सम्मान, निर्वाचनमा गरिएका प्रवद्धतालाई सुनवाइका कामहरू अभियानसँग जोडेर सम्पन्न भएको उनले बताए। 

अध्यक्ष घिमिरेका अनुसार अभियानमा गठबन्धन सरकारले गरेका जनविरोधी कार्यको भण्डाफोर, सुद्धिकरण, नयाँ सदस्यता विस्तार, नवीकरण, विकासका सवाल, समिक्षा, मूल्यांकन र प्रचारका कामहरूलाई व्यवस्थित गरिएको छ। 

फागुन ५ गते पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुवल माध्यमबाट उद्घाटन गरिएको अभियान दुई महिनासम्म सञ्चालन हुने छ। 

एमाले उदृयपुरले फागुन १४ गते जिल्ला कमिटीको विस्तारित बैठकपछि अभियानको सुरुवात गरेको पार्टीका उपसचिब टेकबहादुर राउतले जानकारी दिए। उनका अनुसार केन्द्र, प्रदेश, जिल्लाबाट खटिएका अभियन्ताहरूले जनवर्गिय संगठन, गाउँपालिका, वडा र टोल कमिटीसँग समन्वय गरी अभियान लक्षित गतिविधि गरिएको हो। 

जिल्लाको निर्णयसँगै फागुन १५ गतेदेखि चैत्र २० गतेसम्म कार्यक्रम सञ्चालन, यसविचमा प्रतिनिधिसभा र प्रदेशसभा समन्वय कमिटीको आयोजनामा मध्यावधि समीक्षा कार्यक्रम सम्पन्न भएको उपसचिव राउतले बताए। राउतले पार्टीको दुई महिने अभियानले सांगठनिक अराजकता तोड्दै पार्टीको गरिमालाई उच्च पुर्‍याएको बताए।

त्रियुगा नगरपालिकाका उपमेयर तथा नगर कमिटीका इन्र्चाज महेश्वरी राईले अभियानले समग्रमा एक घर एक कार्यकर्ता उत्पादन गर्ने पार्टीको लक्ष्यमा सघाउ पुर्‍याएको दावी गरे। उनले एमालेले संकल्प गरेको विकास र समृद्धिको यात्रामा जनतलाई जोड्न अभियानले सहयोग पुर्‍याएको बताए। 

पार्टीको अभियानलाई प्रभावकारी बनाउन केन्द्रबाट केन्द्रीय सदस्य तैयव हुसेन, अमृतलाल राजवंशी, कोसी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राज भण्डारीको नेतृत्वमा प्रदेश, जिल्ला, पालिका, जनवर्गीय संगठन, वडा र टोल कमिटी परिचालन भएको अध्यक्ष घिमिरेले बताए। कार्यक्रममा जिल्ला अध्यक्ष घिमिरेले आफु जिल्ला कमिटीमा २०७८ पुस २३ गते निर्वाचित भएयताका पार्टी गतिविधिसमेत सार्वजनिक गरेका थिए।

त्यसक्रममा उनले नेकपा माओवादी केन्द्रबाट एक हजार, नेपाली कांग्रेसबाट ३ सय ५०, मधेसवादी दलबाट एक सय, पुरानो घर फर्क अभियानबाट १ सय ५० र स्वतन्त्रबाट १ सय ५० प्रवेश गरेको बताए। 

अध्यक्ष घिमिरेले प्रत्येक महिना कार्यक्रम रहने गरी वार्षिक क्यालेण्डर नै तयार गरेर कार्यक्रम गरिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.