गौशाला नगरपालिकामा जग्गा कित्ताकाट सुरु
महोत्तरी : गौशाला नगरपालिकामा प्रक्रियागत रूपमा जग्गाको कित्ताकाट सुरु भएको छ। मंगलबार गौशाला नगरपालिकाको कार्यालयले पत्रकार सम्मेलनमार्फत सो को जानकारी गराइएको हो।
लामो समयको प्रयासपछि गौशाला नगरपालिकाको कार्यालयले प्रदेशमै पहिलो पटक यसलाई प्रक्रियागत रुपमा सुरु गरिएको नगरप्रमुख डा. दिपेन्द्र महतोले बताए।
अब भोलिदेखि नै यहाँ कित्ताकाट भएपछि क्रमिक रूपमा जनताको चौतर्फी समस्या समाधान हुनेमा नगरप्रमुख महतोले विश्वास लिएका छन्।
जिल्ला मालपोत कार्यालय महोत्तरीका प्रमुख रमेश पौडेलले नगरपालिकाले प्रक्रियागत रूपमा कित्ताकाटको व्यवस्थापन गरेको जुन सहारनीय र प्रसंशनीय रहेको बताए।
गौशाला नगरपालिकाभरिमा ४३ हजार ८५० कित्ता जग्गा रहेको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर केसीले बताए। उनले भने यहाँको जग्गालाई सन् २०२२ को स्याटलेटमार्फत तथ्यांक अपडेट गरिएको हो।