बिहारको तरकारी बजारमा आगलागी, ११५ पसल नष्ट

बिहारको तरकारी बजारमा आगलागी, ११५ पसल नष्ट
फाइल तस्बिर।
सुन्नुहोस्

अत्यधिक तीव्र गतिमा सल्केको आगोले एकैछिनमा दर्जनौं पसलहरू जलेर नष्ट पारेको स्थानीयले बताएका छन् । ग्यास सिलिन्डर पड्किएपछि आगलागी भएको घटनास्थलमा रहेका स्थानीयले बताएका छन् ।

नयाँ दिल्ली : भारतको बिहारमा अवस्थित बोधगयाको तरकारी बजारमा मङ्गलबार बिहान ठूलो आगलागी हुँदा बजारका ११५ पसलहरू जलेर खरानीमा परिणत भएको अधिकारीहरूले बताएका छन् । 

अत्यधिक तीव्र गतिमा सल्केको आगोले एकैछिनमा दर्जनौं पसलहरू जलेर नष्ट पारेको स्थानीयले बताएका छन् । ग्यास सिलिन्डर पड्किएपछि आगलागी भएको घटनास्थलमा रहेका स्थानीयले बताएका छन् । 

साथै आगलागीबाट ३७९ हेक्टर जङ्गल, फुटबल मैदान र दर्जनौं घर जलेको बताइएको छ । जलेको घरमा  करिब ७० वर्षीय पुरुषको शव फेला परेको छ ।  त्यैगरी एक जना व्यक्ति  भाग्ने क्रममा जलेका थिए । यसैबीच स्थानीय अधिकारीहरूले सयौं बासिन्दा र थुप्रै पर्यटकहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । 

खाद्यान्न पसल सञ्चालक मुहम्मद राजुले भनेका छन्, 'आगो यति भीषण थियो कि कसैले निभाउने आँट गरेन र सिलिन्डर विस्फोटपछि त यसले ठूलै क्षति पुर्यायो । लाखौंको नोक्सानी गरायो ।' निकैपछि मात्र आगो नियन्त्रणमा लिने प्रयास गरिएको हुनाले क्षति व्यापक भएको हुन सक्ने अनुमान गरिएको छ । 

आगलागीबाट ५ देखि ६ वटा मोटरसाइकल जलेको अधिकारीहरुले जनाएका छन् । सूचना पाएपछि प्रहरी प्रशासन घटनास्थल पुगेको र अनुसन्धान जारी रहेको बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.