बाघ–मानव द्वन्द्व गम्भीर चुनौती

बाघ–मानव द्वन्द्व गम्भीर चुनौती
फाइल तस्बिर।
सुन्नुहोस्

गुलरिया : राष्ट्रिय बाघ कार्यशालाले मानव बाघबीचको द्वन्द्व प्रमुख समस्याको रूपमा विकराल बन्दै गइरहेको निचोड निकालेको छ।

‘बाघ र मानव एकसाथ रहन सक्छन्। यो हामीमा निर्भर हुन सक्छ’ भन्ने मूल मन्त्रसहित आयोजना गरिएको कार्यशालामा बाघविज्ञ, वैज्ञानिक, विभागीय टिम, संरक्षण क्षेत्रमा कार्यरत संरक्षणकर्मीलगायत जैविक विविधताका प्रोफेसरहरूको मन्थनले बाघ संरक्षण चुनौती उन्मुख बनेको ठहर गरेको छ।

गत शुक्रबारदेखि बर्दियामा सुरु भएको राष्ट्रिय बाघ कार्यशाला आइतबार सम्पन्न भएको थियो। बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले भने मानव–बाघ द्वन्द्व न्यूनीकरण, बढेका तथा क्याप्चर गरेका बाघ व्यवस्थापन, बाघ संरक्षणका चुनौती, बासस्थान, आहारा प्रजाति, चोरी सिकारलगायतका विषय कार्यशालामा छलफलका एजेन्डा बनेको बताए।

बाबरिया जातिबाट हुने बाघको चोरी सिकार र बाघले समुदायमा धनजनको क्षति पुर्‍याएपछि बाघमाथि हुने प्रतिआक्रमण पछिल्लो समय प्रमुख चुनौतीको रूपमा देखिन्छ।

ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको नेसनल टाइगर वर्कसपमा निकुञ्ज विभागका निर्देशक, टीयू केयूका प्रोफेसर, वैज्ञानिक, पर्सा, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वार्डेन, वन अधिकृत, गणपति, मध्यवर्ती क्षेत्रका अध्यक्ष, चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका युवालगायत संरक्षणकर्मीहरूले व्यापक छलफलसहितको प्रस्तुति गरेका थिए।

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) का सिनियर संरक्षण अधिकृत डा.बाबुराम लामिछानेले नदी तटीय क्षेत्रमा बाघको घनत्व बढिरहेको बताए। बाघको संख्या अझै बढ्दो क्रममा छ। भालेभन्दा पोथी बाघको संख्या बढी छ। बर्दियामा प्रतिस्क्वायर किलोमिटर ७ वटा बाघ छ। बाघको घनत्व बढेकाले एउटै क्यामरा ट्रापमा बर्दियामा ६ वटा बाघ परेको छ। चितवन, शुक्ला र बाँके निकुञ्जमा बर्दियाको तुलनामा कम छ। बाघ व्यवस्थापन कार्य चुनौतीपूर्ण रहेको उनले प्रष्ट्याए। आक्रमक बाघ व्यवस्थापनका क्रममा सुरुमा कस्तो बाघ द्वन्द्वमा छ त्यो पत्ता लगाउनुपर्छ।

पाँच प्रतिशत बाघ मात्र आक्रमणकारी हुने भएकाले सबै बाघलाई एउटै नजरले हेर्नु हुँदैन। बाघ समाते पनि व्यवस्थापन गर्न कठिन छ। राख्ने ठाउँ प्रभावकारी छैनन्। त्यसैले सबै बाघ समाउनुभन्दा वास्तविक आक्रामक बाघ पहिचान गरी व्यवस्थापन गर्नुपर्नेमा डा. लामिछानेको जोड छ। उनले थपे जंगलमा जाने कार्य तत्काल रोक्नुपर्छ। जानै परे समूहमा चनाखो भएर जंगलको अवस्था बुझेर मात्र जानुपर्छ। घाँस, दाउरा लिन जंगल जाने र झुकेर घाँस, दाउरा, निउरोको साग संकलन गर्नेलाई बाघले आक्रमण गरेको तथ्यांक उनले बताए।

बर्दियालगायत देशैभर उद्धार गरिएका बाघ व्यवस्थापन प्रमुख चुनौतीका रूपमा खड्किएको एनटीएनसी बर्दियाका संरक्षण अधिकृत डाक्टर रविन कडरियाले बताए। कस्ता बाघ समाउने भन्ने पहिचान र समातिएको बाघ कहाँ राख्ने भन्ने धेरै समस्या छ। पर्खाल लगायर मानव–बाघ द्वन्द्व घट्दैन। मानव व्यवहार परिवर्तन गर्नुपर्ने आवश्यकता छ। जंगल माथिको परनिर्भरता कम गर्नुपर्छ। ३४ वटा घटना जंगलभित्रै भएका छन्।

कसरी पर्खालले घटना रोक्छ कडरियाले प्रतिप्रश्न गरे। विगत चार वर्षको अवधिमा कैलालीदेखि बाँकेसम्म बाघको आक्रमणमा ३५ जनाको मृत्यु भएको छ। जसमध्ये १५ जना बर्दिया राष्ट्रिय निकुञ्जलगायत मध्यवर्ती क्षेत्र, ३ जना बाँके, ४ जना राप्तीसोनारी जंगल क्षेत्र, १२ जना बर्दिया जंगल क्षेत्र र १ जना कैलाली जंगल क्षेत्रमा बाघ आक्रमणमा मृत्यु भएको उनले बताए। एक साताअघि बर्दियाको मधुवनमा दाउरा खोज्न गएका दुई महिलाको एकै समयमा बाघको आक्रमणमा परी निधन भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.