पञ्‍जाबको मिलिटिरी स्टेसनमा गोली चल्दा चार सैनिकको मृत्यु

पञ्‍जाबको मिलिटिरी स्टेसनमा गोली चल्दा चार सैनिकको मृत्यु
सुन्नुहोस्

नयाँ दिल्ली : भारतको पञ्‍जाबस्थित भटिन्डा मिलिटिरी स्टेसनमा गोली चल्दा चारजनाको मृत्यु भएको छ। बुधबार बिहान ४ : ३५ बजेतिर भएको गोलीकाण्डबाट ४ जना जवानको मृत्यु भएको हो।

गोली चलेको खबर पाउने वित्तिकै क्वीक रियक्सन टीम परिचालन गरिएको थियो। क्वीक रिएक्सन टीमका अनुसार आक्रमणकारी साधारण पोशाकमा आएका थिए।

हाल सो क्षेत्र 'हाइअलर्टमा राखिएको छ। सेनासँगै प्रहरीले पनि घटनाबारे अनुसन्धान गरिरहेको छ। भटिन्डाका एसएसपीले यो आतंककारी हमला नभएको बताएका  छन्।

स्रोतका अनुसार केही दिनअघि सो स्टेसनबाट राइफल हराएको थियो। घटनामा सोही राइफल प्रयोग भएको हुनसक्ने अनुमान गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.