सिन्धुलीमा कार दुर्घटना, चार भारतीय नागरिकको मृत्यु

सिन्धुलीमा कार दुर्घटना, चार भारतीय नागरिकको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

सिन्धुली : बर्दिबास-सिन्धुली-बनेपा (विपि) राजमार्गअन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका ३ सोलाभन्ञ्याङ्ग नजिकै भएको कार दुर्घटनामा परी मृत्यु भएका भारतीय नागरिकहरूको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय प्रहरबि नायव उपरीक्षक तथा प्रवक्ता चिरञ्जीवी दाहालका अनुसार दुर्घटनामा मृत्यु भएका चारैजना समस्तीपुर विहारका नागरिक भएको पुष्टि भएको छ।

मृत्यु हुनेमा समस्तीपुर विहारका अभिषेक ठाकुर,मुकेशकुमार चौधरी,मुत्यैजकुमार फुलहारा र राजेशकुमार सिंह रहेका छन् । दुर्घटनामा परी घाइते भएका समस्तीपुरकै धर्मेन्द्र शाहलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि काभ्रेस्थित धुलीखेल अस्पताल पठाइएको छ ।

बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्डअन्तर्गत कमलामाई नगरपालिका ३ को सोलाभन्ज्याङमा बुधबार भारतीय नम्बर प्लेटको बी आर डीडी ०६८७ नम्बरको भारतीय कार दुर्घटना भएको थियो । प्रहरी कार्यालयका अनुसार पूर्वबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरको कार सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । 

दुर्घटना हुँदा घटनास्थलमा तीनजना र सिन्धुली अस्पतालमा एक गरी चारजनाको मृत्यु भएको हो । कारमा पाँचजना सवार थिए । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.