श्रीलङ्कामा वन्यजन्तुको सङ्ख्या निरन्तर बढ्दै

श्रीलङ्कामा वन्यजन्तुको सङ्ख्या निरन्तर बढ्दै
सुन्नुहोस्

हेक्टर कोब्बेकडुवा कृषि अनुसन्धान तथा तालिम संस्थानले मन्त्रालय मातहत यस्तो एकाइ स्थापना गर्न सिफारिस गरेको थियो ।

कोलम्बो : श्रीलङ्कामा वन्यजन्तुको सङ्ख्यामा निरन्तर वृद्धि भएको छ । सरकारी अधिकारीले यसबाट निम्तिन सक्ने सम्भावित खतरालाई व्यवस्थापन गर्ने विषय चुनौतीपूर्ण बनेको छ ।

देशको एक अग्रणी अनुसन्धान संस्थानले कृषि–वन्यजन्तु द्वन्द्व व्यवस्थापन एकाइ स्थापना गर्न सिफारिस गरेको कृषि मन्त्रालयले बुधबार जनाएको छ । 

हेक्टर कोब्बेकडुवा कृषि अनुसन्धान तथा तालिम संस्थानले मन्त्रालय मातहत यस्तो एकाइ स्थापना गर्न सिफारिस गरेको थियो । 

जङ्गली जनावरबाट बालीनालीमा हुने क्षति न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायका बारेमा विश्वविद्यालयका प्राध्यापक, पशु अधिकार संस्थाका सदस्य र अन्य कर्मचारीसँग भएको छलफलपछि कृषिमन्त्री महिन्दा अमरवीरालाई प्रतिवेदन बुझाइएको मन्त्रालयले जनाएको छ ।

वनको हालको घनत्वको तुलनामा श्रीलङ्कामा वन्यजन्तुको सङ्ख्या बढ्दै गएको र जङ्गली जनावरले बालीनालीमा पुर्‍याएको क्षतिको मात्रा वर्षेनी बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ ।
 
बाँदर, मयूर, विशाल गिलहरी र जङ्गली बँदेलगरी पाँच प्रजातिका बालीनालीमा क्षति पुर्‍याउने जीवजन्तुको पहिचान गरिएको कृषि मन्त्रालयले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.