साँफेबगरमा शैक्षिक गुणस्तर सुधार वर्ष घोषणा

उनले भने, शिक्षामा गुणस्तर ल्याउनको लागी हामीले १९ वटा शर्तहरू बनाएका छौं, ती शर्तहरू विद्यालय, अभिभावक र सरोकारवाला सबैले अनिवार्य कार्यान्वयन गर्नुपर्ने छ। सबैभन्दा पहिला त विद्यालको प्रअ विद्यालयप्रति पूर्णरुपमा जवाफदेही हुनुपर्ने र विद्यालयका शिक्षक तथा कर्मचारी अनिवार्य रुपले २३६ दिन उपस्थित भएको हुनुपर्ने लगायतका शर्त बनाएका छौं।’
अछाम : साँफेबगर नगरपालिका विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अभियान सञ्चालन गर्ने भएको छ। नगरपालिकाले २०८० साललाई शैक्षिक गुणस्तर सुधार वर्ष घोषणा गरेको छ। यही चैत २८ गते बसेको नगर कार्यपालिकाको बैठकले शिक्षामा सुधार र गुणस्तर ल्याउनका लागि शैक्षिक गुणस्तर सुधार वर्ष घोषणा गरेको नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले जानकारी दिए। ्रा
ज्यको ठूलो लगानी शिक्षामा गरिएको भए पनि प्रतिफल शून्य जस्तै भएकाले सरकारी विद्यालयको पठनपाठन गुणस्तर बनाउन तर्फ नगरको जोड रहेको नगर प्रमुख कुँवरले बताए। उनले एसईईमा मात्रै सामुदायीक विद्यालयको परिणामा खोज्नुभन्दा अधारभूत तहमै शिक्षामा गुणस्तर ल्याउन आवश्यक रहेको बताए।
उनले भने, शिक्षामा गुणस्तर ल्याउनको लागी हामीले १९ वटा शर्तहरू बनाएका छौं, ती शर्तहरू विद्यालय, अभिभावक र सरोकारवाला सबैले अनिवार्य कार्यान्वयन गर्नुपर्ने छ। सबैभन्दा पहिला त विद्यालको प्रअ विद्यालयप्रति पूर्णरुपमा जवाफदेही हुनुपर्ने र विद्यालयका शिक्षक तथा कर्मचारी अनिवार्य रुपले २३६ दिन उपस्थित भएको हुनुपर्ने लगायतका शर्त बनाएका छौं।’ कार्यान्वयन भए नभएको अनुगमन नगरले प्रत्येक विद्यालयमा गर्ने कुँवरले बताए।
गुणस्तर सुधारका लागी भन्दै कक्षा ८ को परिक्षा नगरबाटै सञ्चालन गर्दे आएको साँफेबगरले यो वर्षबाट कक्षा ५ को परीक्षा पनि नगरबाट सञ्चालन गरेको छ। आधारभूत शिक्षा परीक्षा व्यवस्थापन निर्देशिका –२०७८ अनुसार कक्षा ५ को परीक्षा यस वर्षबाट नगरबाट सञ्चालन गरिएको साँफेबगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हिरादत्त भट्टले जानकारी दिए । कक्षा ५ र कक्षा ८ को अन्तिम परीक्षा व्यवस्थित, मर्यादित, गुणस्तरीय बनाउन नगरबाट परीक्षा सञ्चालन गरिएको भट्टले बताए। यही चैत ५ गतेदेखि १३ गतेसम्म कक्षा ५ र ८ को परीक्षा सञ्चालन भएको थियो।
अहिले उत्तरपुस्तिका जाँचको काम चलिरहेको भट्टले बताए। उनले भने, ‘हामी यही चैत ३० भित्र नतिजा निकाल्ने तयारीमा छौं। उत्तरपुस्तिकामा कोड नम्बर राखेका छौं ताकि शिक्षकले कुन विद्यालयको विद्यार्थी हो भन्ने थाहा नपाउन्। यसले निश्पक्ष परिणम आउँछ। यो नतिजाले कुन विद्यालयको अवस्था कस्तो भन्ने देखाउने छ। यसले शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति, अभिभावकलाई थप जिम्मेवार बनाउने छ भन्ने आशा छ।’
प्रतिक्रिया दिनुहोस !
