म्याग्दीको ताकमकोतको आकर्षण बढाउन हनुमानको मूर्ति स्थापना

म्याग्दीको ताकमकोतको आकर्षण बढाउन हनुमानको मूर्ति स्थापना
ताकमकोतमा स्थापना गरिएको हनुमानको मूर्ति । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ऐतिहासिक ताकमकोतमा करिब तीस लाखको लागतमा हनुमानको मूर्ति स्थापना गरिएको छ । धार्मिक पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको ताकमकोतको आकर्षण बढाउन हनुमानको मूर्ति राखिएको हो ।

धवलागिरी गाउँपालिका–७ ताकमका वडा अध्यक्ष अशोक खत्रीले १२ फिट अग्लो हनुमानको मूर्ति राखिएको जानकारी दिए ।  ‘ललितकला केन्द्रका प्रमुख नरेन्द्रराज भण्डारीको नेतृत्वमा हनुमानको मूर्ति बनाइएको हो,’उनले भने, ‘काठमाडौबाट मूर्ति ल्याएर जडान गर्ने काम सकिएको छ । हनुमानको मूर्तिले ताकमकोतको आकर्षण बढाएको छ ।’

मूर्ति स्थापनाका लागि धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा तीन लाख पचास हजार रुपैयाँ बिनियोजन गरेको थियो । मूर्ति स्थापनाका लागि २९ लाख २७ हजार ५०० रुपैयाँ खर्च भएको र दाताबाट २४ लाख ४० हजार रुपैयाँ सहयोग जुटेको छ । 

अमेरिकामा रहेका ताकमका रघुनाथ सुवेदीको अगुवाइमा मूर्ति स्थापनाका लागि आर्थिक सहयोग संकलन गरिएको थियो । उनका अनुसार दाताले घोषणा गरेको थप ७ लाख २६ हजार १११ प्राप्त हुन बाँकी छ । सहयोग दाताको नाम शिलालेख बनाएर राखिने भएको छ । 

टाढाबाट देखिने गरी हनुमानको मूर्ति राखिएको छ । हनुमानको मूर्तिको पृष्ठभूमिमा धौलागिरि,अन्नपूर्ण र गुर्जा हिमाल देखिन्छ । यसैगरी कोतमन्दिर परिसरमा ताकमका विकास केसी र आकाश केसीको पहलमा खत्री परिवारहरूले पितृ उद्धारका लागि प्रवेशद्धार निर्माण गरेका छन् ।  

स्वदेश तथा विदेशमा रहेका ताकम र आसपासका गाउँका बासिन्दाबाट तीन वर्षअघि ८० लाख रुपैयाँ चन्दा जुटाएर कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुननिर्माण भएको थियो । १५ लाख रुपैयाँ खर्चेर जगन्नाथ र अन्नपूर्ण देवताको मूर्ति राखिएको छ । सोहै औं शताब्दीमा निर्माण भएको ताकमकोत वि.स १९९० र २०७२ को भूकम्पका कारण जिर्ण बनेको थियो । 

ताकमकोतको एकीकृत विकास गर्ने उद्देश्यले तयार पारिएको गुरुयोजना अनुसार पहिलो कोतघर,अन्नपूर्ण–जगन्नाथ मन्दिर,सत्तल र सार्वजनिक शौचालय निर्माण भएको छ । 

ताकमकोतको पूर्वाधार निर्माणमा धवलागिरी गाउँपालिका र पर्यटन मन्त्रालयले पनि करिब १ करोड ५० लाख लगानी गरेका छन् । म्याग्दीको प्रमुख शक्तिपिठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने विश्वास छ । 

जगन्नाथ,अन्नपूर्ण,दुर्गालगायत देवी देवताको मू्र्ति रहेका यहाँ नवदुर्गा,जेष्ठी पूर्णिमा,मंसिर पूर्णिमा,चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ । वि.स १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप,तरबार,खुँडा,खुकुरी, ढाललगायतका हातहतियार छन् । 

समुन्द्रि सतहदेखि दुई हजार ५०० मिटरको उचाईमा अवस्थित ताकमकोतबाट गुर्जा,धौलागिरि,निलगिरि,अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङखलाको साथै मनोरम पहाडी भूगोल,ग्रामिण बस्ती र सुर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.