एजेन्डा आर्थिक समृद्धि, उपलब्धि न्यून

एजेन्डा आर्थिक समृद्धि, उपलब्धि न्यून
फाइल तस्बिर।
सुन्नुहोस्

बाह्य क्षेत्रमा खासै देखिनेगरी उपलब्धि हुन सकेन। विगतदेखि नै हाम्रो आयातमुखी अर्थतन्त्रमा आधारित छ।

काठमाडौं : ७० को दशक प्रारम्भ हुने बेला नेपालमा राजनीति संक्रमणको अन्त्य भएर मुख्य एजेन्डा आर्थिक समृद्धि बन्यो। संविधान २०७२ मा आएपछि सबैको आशा पनि आर्थिक समृद्धि नै थियो। तर दुर्भाग्य संविधान आउनुअघि भूकम्प गयो। संविधान आएको भोलिपल्टदेखि नाकाबन्दी सुरु भयो।

नाकाबन्दीसँगै प्राकृतिक विपत्तिले मुलुकलाई केही वर्ष पछाडि धकेलिदियो। यति हुँदाहुदै पनि यो दशकमा सकारात्मक संकेत देखिएको अर्थविद् डा. रामेश्वर खनाल औंल्याउँछन्। उनी भन्छन्, ‘यो दशकमा नेपालीमा संकटसँग जुँधेर पनि काम गर्न सक्ने सामथ्र्य रहेछ भन्ने पुष्टि भयो। त्यही भएर पनि आर्थिक वर्ष ०६९/०७० को तुलनामा नौ आर्थिक वर्षको अवधिमा प्रतिव्यक्ति आम्दानी करिब दोब्बर भएको छ।’ आव ०६९/०७० मा नेपालीको प्रतिव्यक्ति आम्दानी ७ सय १३ अमेरिकी डलर थियो।

आर्थिक वर्ष ०७८/०७९ को अन्त्यमा प्रतिव्यक्ति आय १३ सय ७१ डलर पुगेको छ। हामीले भूकम्प, नाकाबन्दीजस्ता संकट भोग्दाभोग्दै पनि आर्थिक गतिविधि चलायमान रहे। यो अवधिमा दुई पटक आर्थिक वृद्धि ऋणात्मक रह्यो। समष्टिगत रूपमा प्रतिव्यक्ति आम्दानी दोब्बर हुन पुग्यो। 

तलब खुवाउन हम्मे

सरकारको चालू खर्चको आकार ठूलो छ। अर्कोतर्फ पुँजीगत खर्च समयमा नहुने समस्या छ। पछिल्ला दशकमा सरकारले घाटाकै बजेट ल्याउँदै आएको छ। हुँदाहुँदै चालू आर्थिक वर्षमा सरकारले विभिन्न पूर्वाधार निर्माणको भुक्तानीसमेत समयमा गर्न सकेको छैन। 

मुलुकमा विदेशी मुद्रा सञ्चिति जोगाउन आयात कडाइ गर्दा राजस्व घट्यो। सरकारको आम्दानीको मुख्य स्रोत राजस्व घट्दा चालू खर्च अर्थात् कर्मचारीलाई समेत तलब खुवाउन हम्मेहम्मे पर्ने अवस्था आएको छ।

औद्योगिक क्षेत्रमा छलाङ

०७० को दशकपछि मुलुकको औद्योगिक उत्पादन खासै बढ्न सकेको छैन। तर पनि यो दशकमा औद्योगिक क्षेत्रमा केही देखिनलायक काम भए। मुलुक सिमेन्टमा आत्मनिर्भर भएको छ। घरायसी प्रयोजनका उपभोग्य वस्तुको उत्पादन पनि बढेको छ। यो दशकमा करिब स्वदेशी तथा विदेशी लगानीमा साना तथा ठूला गरेर ३ हजार ३ सय हाराहारीमा नयाँ उद्योग थपिएको उद्योग विभागको तथ्यांकमा छ।

प्यान्डामिकले पर्यटन प्रभावित

पर्यटन क्षेत्रमा भूकम्प, नाकाबन्दी, कोभिड– १९ जस्ता प्यान्डामिक कारणले प्रभावित बन्यो। यस्ता प्यान्डामिक नभएको भए नेपालमा पर्यटनको आगमन वार्षिक १० लाखको संख्या पुग्थ्यो।

भौतिक पूर्वाधारमा उपलब्धि

भौतिक पूर्वाधारमा केही हदसम्म उपलब्धि हासिल भएको छ। यद्यपि भोलिका दिनमा यसको लाभदायी प्रयोग गर्न सकिन्छ वा सकिँदैन भन्नेमा प्रश्न हुन सक्ने पूर्वअर्थसचिव डा.रामेश्वर खनाल औंल्याउँछन्। ‘नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल भएकोमा अहिले क्षेत्रीयस्तरका अन्तर्राष्ट्रिय विमानस्थलहरू भैरहवाको गौतमबुद्ध र पोखरा निर्माण भए।,’ उनी भन्छन्।

पछिल्लो दशकमा अधिकांश राजमार्गहरू एक लेनबाट चार लेनमा विस्तार हँुदै छन्। पहिला मुख्य रणनीतिक राजमार्गहरू एक लेन वा दुई लेनका थिए। 

बाह्य क्षेत्रमा भएन उपलब्धि

बाह्य क्षेत्रमा खासै देखिनेगरी उपलब्धि हुन सकेन। विगतदेखि नै हाम्रो आयातमुखी अर्थतन्त्रमा आधारित छ। जसले आयात मात्रै बढाउने तर निर्यात बढाउन नसक्ने प्रवृत्ति पुरानै हो। उदार अर्थ व्यवस्थामा गएपछि त्यतिबेला निर्यात ह्वात्तै बढेको अर्थविद् डा. खनाल अनुभव सुनाउँछन्। त्यसपछि निर्यात त्यति बढ्न सकेन।  रेमिट्यान्स, अन्तर्राष्ट्रिय व्यापार र वैदेशिक लगानीको क्षेत्रमा देख्नलायक उल्लेखनीय काम भएनन्।

बैंकिङ क्षेत्र
विगत ५० र ६० को दशकमा बैंकिङ क्षेत्र संकटमा पर्दा निवारण गर्ने काम भए। लुम्बिनी बैंक, किस्ट बैंकलगायतका केही बैंक समस्याग्रस्त भएसँगै नेपाल राष्ट्र बैंकले आफ्ना अधिनमा लिएको थियो। यस अवस्थामा अधिकांश बैंकहरू मर्जरमा गएका थिए। यद्यपि ७० को दशकमा धेरै बैंक तथा वित्तीय संस्थाहरू पुँजी, शाखा सञ्जाललगायत सबै पक्षमा बलियो बन्न मर्जर तथा प्राप्तिमा गए।

कुनै समय बैंक तथा वित्तीय संस्थाको कुल संख्या ह्वात्तै बढेर ३ सय ३ सम्म पुगेको थियो। २०७० वैशाखसम्म वाणिज्य बैंक मात्रै ३२ वटा थिए तर अहिले घटेर २१ मा सीमित छन्। बैंक तथा वित्तीय क्षेत्रमा मध्यम स्थिति रहेको सरोकारवाला बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.