उदयपुरमा १० केजी लागुऔषधिसहित तीन युवा पक्राउ
उदयपुर : उदयपुरको अगल–अलग स्थानबाट लागुऔषध ओसार पसार गरेको आरोपमा प्रहरीले तीन युवालाई नियन्त्रणमा लिएको छ । लागुऔषध ओसारपसार नियन्त्रण सम्बन्धी अभियान अन्तर्गत प्रहरीले उनीहरुको साथबाट दश केजी गाँजा र ४८ एम्पुल लागुऔषध फेला पारेको हो ।
लागुऔषध गाँजा बोकेर जाँदै गरेको बा.६७.प.३११४ नम्बरको मोटरसाइकलबाट कटारीतर्फ जाँदै गरेको अवश्थामा कटारी नगरपालिका १० तिल्केचौरबाट दुई युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका ४ का २८ वर्षीय काशीराज राई र २९ वर्षीय तेजबहादुर राई रहेका छन् ।
प्रहरी चौकी सोरुङछबिसेबाट प्रहरी सहायक निरीक्षक टंकप्रसाद आचार्यको नेतृत्वमा खटेको टोलीले शंका लागेपछि छानविन गर्नेक्रममा सामान वरामद गरिएको जिल्ला प्रहरीक कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मोहन थापाले बताए ।
दुवैलाई ईलाका प्रहरी कार्यालय कटारी ल्याई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको उनले बताए । त्यसैगरी त्रिनपा–३ मिलनचोकबाट लागुऔषधसहित प्रहरीले एकजनालार्ई नियन्त्रणमा लिएको छ ।
त्रियुगा नगरपालिका–१० का २२ वर्षीय ‘समिर’ भनिने दीबहादुर मगर लाई प्रतिबन्धित लागु औषध सहित बुधबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँचगर्दा बुप्रिनोर्फिन १६ एम्पुल, डाईजेपाम १६ एम्पुल र फेनार्गन १६ एम्पुल गरी गरी ४८ एम्पुल लागु औषध फेला परेको इन्स्पेक्टर थापाले बताए ।