लामा थुव्तेन जोपा रिन्पोछेको निधन

लामा थुव्तेन जोपा रिन्पोछेको निधन

गोरखा  : महायान परम्पराको संरक्षणका लागि अन्तर्राष्ट्रिय बौद्ध समुदाय फाउन्डेसन (एफपीएमटी) स्थापनाका लागि प्रसिद्ध, लामा थुब्तेन जोपा रिन्पोछेको निधन भएको छ। 

काठमाडौंस्थित कपन गुम्बाका प्रमुख ७९ वर्षका रिम्पोछेको बिहीबार बिहान साढे ९ बजे निधन भएको हो।

उनी चुम उपत्यकामा वैशाख ६ गतेबाट आयोजना हुने चुम स्याग्या शताब्दी महोत्सवका लागि छेकम्पारस्थित राजेन गुम्बामा पुगेका थिए। गोरखाको चुम उपत्यकाबाट बिरामी भएर बिहिबार बिहान फर्के लगत्तै काठमाडौंमा निधन भएको हो।

उनी बुधबारदेखि हाइअल्टिच्युडको बिरामी भएका थिए। उद्धारका लागि समयमै हेलिकोप्टर उपलब्ध हुन नसक्दा ढिला गरी बिहिबार बिहान मात्र काठमाडौं ल्याइएको थियो।

चुम उपत्यकाको राजेन गुम्बाको स्थापना र सञ्चालन उनले नै गरेका थिए भने काठमाडौंस्थित चुम कल्याण समितिको भवन निर्माणमा आर्थिकलगायत विभिन्न क्षेत्रमा अतुलनीय योगदान गरेका थिए।

लामा जोपा रिन्पोछेको जन्म सन् १९४५ मा थाङ्मेको सगरमाथा क्षेत्रमा भएको थियो। उनलाई तीन वर्षको उमेरमा शेर्पा न्यङ्मा योगी कुनसाङ येशे, लउडो लामाको अवतारका रूपमा लिइएको थियो। 

रिन्पोछे बोधचित्तको अवतार थिए, र सधैं नश्वरताको सम्झनाको महत्वमा जोड दिने गर्दथे। १० वर्षको उमेरमा उनी तिब्बत गएका, दक्षिणी तिब्बतमा उनले डोमो गेशे रिन्पोछेको गुम्बामा अध्ययन र ध्यान गरेका र सन् १९५९ मा भुटानमा सुरक्षा खोज्न बाध्य भए।

उनी पछि भारतको पश्चिम बंगालमा शरणार्र्थीको रूपमा यात्रा गरे, जहाँ उनले पहिलो पटक लामा येशेलाई भेटे। जो उनको सबैभन्दा नजिकको शिक्षक बन्ने थिए। दुई लामाहरू १९६७ मा नेपाल आएर उनीहरूले कोपन र लाउडो गुम्बाहरू स्थापना गरे।

लामा जोपा रिन्पोछेले १९७५ मा लामा थुब्तेन येशेसँग मिलेर नेपालमा अन्तर्राष्ट्रिय बौद्ध समुदाय फाउन्डेसन(एफपीएमटी) स्थापना गरे र पश्चिमा विद्यार्र्थीहरूलाई बौद्ध धर्म सिकाउन थालेका थिए। पछिल्ला वर्षहरूमा एफपीएमटिले ३७ देशहरूमा वौद्ध धर्मसँग सम्बन्धित धार्मिक केन्द्रहरू, परियोजनाहरू र गतिविधिहरूको सञ्चालन गरेको थियो। 

सन् १९८४ मा लामा येशेको निधनपछि लामा जोपा रिन्पोछेले एफपीएमटीको आध्यात्मिक निर्देशकका रूपमा काम गरेका थिए।

रिन्पोछे एक प्रसिद्ध लेखकसमेत थिए। उनले धेरै धार्मिक ग्रन्थहरु प्रकाशन गरेका छन्। मृत्युको आनन्द कसरी लिने, डरबिना जीवनको अन्तिम चुनौती सामना गर्ने तयारी, द फोर नोबल ट्रुथ ए गाइड टु डेली लाइफ, बोधिचित्त, अर्थपूर्ण जीवनका लागि अभ्यास प्रकाशित गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.