अमेरिकामा अतिगोप्य दस्तावेज चुहाएको अभियोगमा सैनिक पक्राउ

अमेरिकामा अतिगोप्य दस्तावेज चुहाएको अभियोगमा सैनिक पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

युक्रेनमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) र अमेरिकाको सहयोग, बेलायत र दक्षिण कोरियालगायत युरोपका केही मुलुकको युक्रेन युद्धप्रतिको दृष्टिकोणलगायत गुप्तचर निकायका विश्लेषण ज्याकले चुहाएको आरोप छ।

वासिङटन डिसी : युक्रेन युद्धसम्बन्धी अमेरिकी रक्षा मन्त्रालयका झण्डै १०० अतिगोप्य एवम् संवेदनशील दस्तावेज इन्टरनेटको माध्यमबाट चुहाएको अभियोगमा अमेरिकी नेश्नल गार्डका सदस्य २१ वर्षीय ज्याक टेइसेइरालाई पक्राउ गरिएको छ। उनी मासाचुसेट्स एयर नेश्नल गार्डमा कार्यरत थिए। 

चुहाइएका दस्तावेजबाट वासिङ्टनदेखि किभ र सोलसम्म अमेरिकाका सहयोगीलाई तर्साएको छ भने वासिङ्टनका समर्थकलाई सशङ्कित तुल्याएको छ। ती दस्तावेजमा अमेरिकाले आफ्ना मित्र र शत्रु सबैको जासुसी गरेको उल्लेख छ। 
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस रुस अनुकूल बनेको, उनका गतिविधि पनि निगरानी गरिएको, उनका सहयोगीबीच भएका व्यक्तिगत संवाददेखि दिएर युक्रेनमा विदेशी फौज सक्रिय रहेका विषय इन्टरनेटबाट चुहिएका थिए। 

युक्रेनमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) र अमेरिकाको सहयोग, बेलायत र दक्षिण कोरियालगायत युरोपका केही मुलुकको युक्रेन युद्धप्रतिको दृष्टिकोणलगायत गुप्तचर निकायका विश्लेषण ज्याकले चुहाएको आरोप छ। 

अमेरिकी रक्षा मन्त्रालयले जानाजान गोप्य सूचना चुहाइएको बताउँदै अभियुक्तलाई फौजदारी अभियोग लगाइने बताएको छ। सङ्घीय जाँच ब्यूरोका अधिकारीहरूले ज्याकमाथि अनुसन्धान थालिएको बताएका छन् भने महान्याधीवक्ता मेरिक गारल्याण्डले राष्ट्रिय सुरक्षासम्बन्धी गोप्य एवम् संवेदनशील दस्तावेज चुहाएको आरोपमा मुद्दा दायर गरिने बताएका छन्। अधिकारीहरूका अनुसार उनलाई आजै अदालतमा उपस्थित गराइने सम्भावना छ।

यसैबीच, आयरलाण्डको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले सार्वजनिक भएका रक्षा मन्त्रालयका गोप्य दस्ताबेजले गम्भीर परिणाम ननिम्त्याउने बताएका छन्। गोप्य एवम् संवेदनशील सरकारी कागतपत्र सार्वजनिक भएपछि पहिलोपटक प्रतिक्रिया दिँदै उनले  चुहिएका दस्तावेजमा समसामयिक विषयमात्र भएकाले त्यसको असर खासै नपार्ने बताए। 

चुहिएका दस्तावेजका विषयवस्तुबारे आफूलाई जानकारी भएको बताउँदै उनले तिनमा भयानक परिणाम निम्त्याउने विषयवस्तु नभएको बताए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.