अब इतिहासमै सीमित पोस्टकार्ड

अब इतिहासमै सीमित पोस्टकार्ड
सुन्नुहोस्

महोत्तरी : एक दशक अगाडिसम्म पोस्टकार्डको माध्यमले शुभचिन्तकमा पठाइने शुभकामना सन्देश क्रमिक रूपमा अन्त्य भएको छ। 

आधुनिक सञ्चारको सहज पहुँच नरहेको समयमा पोस्टकार्डको माध्यमले साथीभाई तथा इष्टमित्रलाई पठाइने शुभकामना सन्देश एउटा इतिहास भएको छ। 

गौशाला-५ का ४२ वर्षीय नागेन्द्र साहले स्कुले जीवनलाई स्मरण गर्ने भने, ‘१०–१२ वर्ष अगाडिसम्म पोस्टकार्ड युवाहरूको पहिलो रोजाई हुन्थ्यो। स्कुले साथी होस् या त इष्टमित्र किन नहोस, चाहे शुभचिन्तक किन नहोस् शुभकामना दिने एक मात्र साधन पोस्टकार्ड हुने गर्दथ्यो।’ 

पर्व उत्सव नजिकमा आए लगतै बजारको हरेक पसलमा पोस्टकार्डहरू सहज रूपमा पाउने गरेको साहले बताए। उनले भने, ‘पोस्टकार्डको त्यो ताका धेरै नै महत्व हुन्थ्यो। साथीहरूले पठाएको सन्देशभन्दा पनि पोस्टकार्डको पछाडि भागमा छापिएको फोटोले अझ आकर्षित पार्ने काम गर्ने गर्दथ्यो।’

हाम्रा समाज २१ औ शताब्दीको नजिकमा आएसँगै आधुनिक प्रविधिको विकास तीव्र गतिमा अगाडि बढदै गइरहेको गौशाला ५ का युवा मोहम्म अझरुद्धिनले बताए। निजी विद्यालयका शिक्षक समेत रहेका अझरुद्धिनले भने, ‘वैज्ञानिक उपलब्धीलाई सहजै स्वीकार गरेका हाम्रा समाजले सन्देश पठाउने प्रमुख आधारका रूपमा आधुनिक सञ्चारलाई नै रोजेको छ।' 

पहिलेको समयमा विभिन्न उत्सवका शुभकामनाका लागि प्रयोग गरिदै आएको पोस्टकार्डभन्दा सहज आधुनिक प्रविधिसँगै विकास भएको विभिन्न सामाजिक सञ्जालहरू रहेका छन्। यसले समयको साथै आर्थिक बचत पनि गरेको पाइन्छ। आधुनिक प्रविधिमा आधारित यस्ता प्रविधिहरू भरपर्दो हुनुको साथै वहुउपयोगी सावित भएका छन्।’ 

अहिले हातहातमा मोबाइल छन्। पोस्टकार्डको सहारा लिनुपर्ने समयको अन्त्यत भइसकेको शिक्षिका सुनिता कुमारीले बताइन्। उनी भन्छिन्, इन्टरनेटको पहुँचले झन्झटिलो प्रक्रियालाई विस्थापित गर्न सफल भएका हुन्। चिठीपत्रको झन्झटिलो माध्यमभन्दा इन्टरनेटको सहारा आमजनताको पहिलो रोजाई बन्दै गएको छ।’ 

स्टेशनरी पसलहरूमा युवायुवतीहरूको पछिल्लो समयमा पर्व उत्सवको समयमा खासै भीडभाडका हुन नसकेको स्थानीय पुस्तक तथा स्टेशनरी व्यापारी गौरी प्रसाद साहको भनाइ रहेको छ। 

समयको परिवर्तनसँगै मानिसले पश्चिमी परम्परालाई अपनाएर वर्षौदेखि चल्दै आएको चिठीपत्र, शुभकामना कार्डहरू नपठाउनु एउटा संस्कार स्थापित हुन पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.