म्यान्मारमा ड्रोन आक्रमणमा बालबालिकासहित आठ जनाको मृत्यु

म्यान्मारमा ड्रोन आक्रमणमा बालबालिकासहित आठ जनाको मृत्यु
सुन्नुहोस्

याङ्गुन : पश्चिमी म्यान्मारको सागाइङ क्षेत्रमा बिहीबार भएको ड्रोन आक्रमणमा परी पाँच बालबालिकासहित आठ जनाको मृत्यु भएको छ। म्यान्मारको राज्य प्रशासन परिषद्ले जनाएको छ। घटनामा अन्य ३१ जना घाइते भएको परिषद्ले बताएको छ। 

स्थानीय समयअनुसार बिहीबार साँझ ५:४० बजे सागाइङ क्षेत्रको सागाइङ सहरको एक गाउँमा रहेको एक सरकारी विद्यालय नजिकै ड्रोनमार्फत् बम आक्रमण गरिएको समाचारमा जनाइएको छ।

परम्परागत थिङयान जल महोत्सवको पूर्वसन्ध्यामा ड्रोनबाट चार वटा बम खसालेको बताइएको छ।

मृत्यु हुनेमा परम्परागत थिङयान जल महोत्सव मनाइरहेका बालबालिकासहित गाउँले रहेका छन्। घाइतेलाई उपचारका लागि सागाइङ्ग अस्पतालमा पठाइएको जनाइएको छ।

सोही दिन पूर्वी म्यानमारको शान राज्यको लाशियो सहरमा भएको बम विस्फोटमा परी चार जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका थिए। आक्रमणकारीको खोजी कार्य जारी रहेको बताइएको छ। -रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.