उर्वराशक्ति बढाउन प्राङ्गारिक मल

उर्वराशक्ति बढाउन प्राङ्गारिक मल
सुन्नुहोस्

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा रासायनिक मलको व्यावहारिक आवश्यकता बर्सेनि करिब ५ लाख २० हजार टन छ। तर अझै प्रत्येक वर्ष मुख्य धान, गहुँलगायतका बाली लगाउने बेला मल आपूर्ति समयमा नहुँदा प्रायः मल अभावले कृषकको हाहाकार हुने गरेको छ।

काठमाडौं : कृषिजन्य वस्तु छिटो र बढी उत्पादन गर्ने होडमा रासायनिक मलको अधिक प्रयोगले माटोको उर्वरा शक्ति घट्दो छ। परिणामस्वरूप उत्पादनमा मात्रै प्रभावित गरेको छैन, रासायनिक तथा कीटनाशक विषादीले उपभोक्ताको स्वास्थ्य नै जोखिममा पर्न थालेको छ। यसलाई अध्ययनले देखाएको छ भने विज्ञानले पनि पुष्ट्याएको छ। यसर्थ अब माटो र मानव स्वस्थमा असर नपार्ने कम्पोस्ट तथा प्राङ्गारिक मलमा जोड गर्ने बेला आएको छ। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा रासायनिक मलको व्यावहारिक आवश्यकता बर्सेनि करिब ५ लाख २० हजार टन छ। तर अझै प्रत्येक वर्ष मुख्य धान, गहुँलगायतका बाली लगाउने बेला मल आपूर्ति समयमा नहुँदा प्रायः मल अभावले कृषकको हाहाकार हुने गरेको छ।

रासायनिक मलमा सरकारले अर्बौं अनुदानसमेत दिएको छ तर पनि यो झनै महँगो पर्दै गएको र समयमा नपाउने किसानको गुनासो सुनिने गरिन्छ। तर अब विकल्पमा प्राङ्गारिक मल ल्याउन जरुरी भएको पनि कृषिविज्ञले औंल्याउँदै आएका छन। प्राङ्गारिक मल उत्पादनमा आकर्षणसमेत बढ्दै गएको छ। यसको पछिल्लो ज्वलन्त उदाहरण हो, विगत ४५ वर्षदेखि फलामे डन्डी, नन्फिरस मेटल, हस्पिटालिटी, मनोरञ्जनलगायतमा लगानी गर्दै आएको साखः ग्रुपले समेत कृषि क्षेत्रमा कम्पोस्ट मलको व्यावसायिक उत्पादन थालनी गरेको छ। 

ग्रुपले जापानी प्रविधिमा आधारित रिकिसी कम्पोस्ट मल उत्पादन सुरु गरेको हो। उदयपुरको दुधौली नगरपालिकास्थित रिकिशा दाइची कम्पोस्ट फर्टिलाइजर एन्ड एग्रो प्रालिले रिकिशा कम्पोस्ट प्रालिको सहकार्यमा दुर्गन्धरहित कम्पोस्ट मल उत्पादन गर्न थालेको हो। बर्सेनि अर्बौंको रासायनिक मल आयात हुँदा अर्बाैं विदेशी मुद्रासमेत बाहिरी रहेकाले नेपालमै बनेको कम्पोस्ट मल प्रयोग गरेर विदेशी मुद्रा जोगाउनमा योगदान पुग्ने ग्रुपका प्रमुख किरणप्रकाश साखःकोे दाबी छ। 

सिन्धुलीको दुधौली, भक्तपुरको ठिमी, काभ्रेको पाँचखाल र दाङको राप्ती नगरपालिकासँग सहकार्य गरी उक्त प्रालिले कम्पोस्ट मलका लागि शाखा विकास र विस्तार अघि बढाउँदै आएको छ। यो मलको मूल्य पनि रासायनिक मलभन्दा सस्तो पर्ने कम्पनीको दाबी छ। कम्पनीमा सिधै किन्दा प्रतिकिलो अधिकतम ३५ रुपैयाँसम्म पर्छ। तर अहिले ज्ञान केन्द्रमार्फत प्रतिकिलो २५ रुपैयाँमा बिक्री भइरहेको छ। किसानलाई सर्वसुलभ ढंगले उपलब्ध हुने भएको र लागतको हिसाबले सस्तो रहेको साखःको दाबी छ। उनी भन्छन्, ‘सरकारबाट बर्सेनि रासायनिक मलमा अर्बौं अनुदान दिने गरिन्छ।  कम्पोस्ट मलमा यसको केही अंश मात्र उपलब्ध गराउने हो भने किसानलाई मल सित्तैमा उपलब्ध गराउने अवस्था सिर्जना हुनेछ।’

यद्यपि उत्पादन सुरु गरेसँगै हालसम्म पाँच सय टन बिक्री गरिएको रिकिशीकी प्रबन्ध निर्देशक उषा गिरीले जानकारी दिइन्। ‘अब रासायनिक मलको आयातलाई प्रतिस्थापन गर्नुपर्छ। किनभने रासायनिक मलबाट माटोको उर्वरा शक्ति नास हुने भएकाले प्राङ्गारिक मलको प्रयोग गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नु अबको उपयुक्त विकल्प हो,’ उनले भनिन्, ‘यो जापानी प्रविधिमा आधारित मलको प्रयोगपछि बालीनालीमा कीटनाशक औषधि आवश्यकता नपर्ने भएकाले जनस्वास्थ्यदेखि वातावरणमैत्रीसमेत छ।’

धेरै समयको अनुसन्धान र परीक्षणपछि प्रालिले गुणस्तरीय तथा दुर्गन्धरहित कम्पोस्ट/प्राङ्गारिक मल उत्पादन थालेको हो। सीएनबीएम प्रविधिबाट यो मल बनाइन्छ। अर्थात् कार्बन, नाइट्रोजन, ब्याक्टेरिया र मिनरल्सको संयुक्त मिश्रणबाट बनाइने कम्पोस्ट मल एक प्राकृतिक तथा जैविक मल हो। 

कम्पनीका अनुसार यो मल उत्पादनमा सबै स्वदेशी कच्चा पदार्थको प्रयोग हुन्छ। यसमा पातहरू, घाँस, घरायसी फोहोर, रातो माटो, भुस, ढुटोजस्ता जैविक सामग्रीबाट बनाइन्छ। यो मल रासायनिक मलले माटोको स्वस्थ्य र उर्वरा शक्ति सुधार गर्न सहयोग पुर्‍याउँछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.