जापानी प्रधानमन्त्री फुमियो किशिदामाथि स्मोक बम प्रहार

जापानी प्रधानमन्त्री फुमियो किशिदामाथि स्मोक बम प्रहार
सुन्नुहोस्

प्रधानमन्त्री किशिदामाथि स्मोक बम प्रहार भएको बताइएको छ । टिभी फुटेजले अधिकारीहरूले क्षेत्र खाली गर्दै र एक व्यक्तिलाई घटनास्थलबाट पकडेर लैजाँदै गरेको देखिन्छ।

टोकियो : जापानी प्रधानमन्त्री फुमियो किशिदा एक र्‍यालीमा सम्बोधन गर्न लागेका बेलामा ठूलो विस्फोटको आवाज सुनियो ।

यसपछि उनलाई त्यहाँबाट निकालियो। यो घटना जापानको पश्चिमी शहर वाकायामामा शनिबार बिहान भएको हो।

प्रधानमन्त्री किशिदामाथि स्मोक बम प्रहार भएको बताइएको छ । टिभी फुटेजले अधिकारीहरूले क्षेत्र खाली गर्दै र एक व्यक्तिलाई घटनास्थलबाट पकडेर लैजाँदै गरेको देखिन्छ। 

एक प्रत्यक्षदर्शी उनले एक व्यक्तिलाई केही फ्याँकिरहेको देखेको जसबाट पछि धुवाँ निस्किरहेको बताए। सोही केही मानिसले ठूलो बमको आवाज सुनेको बताए। रिपोर्टका अनुसार पीएम किशिदा नजिकै पाइपजस्तो वस्तु फ्याँकिएको थियो ।

तस्बिरमा तीनजना प्रहरी अधिकारीले एक संदिग्धलाई लडाएर थिचिरहेका देखिन्छ ।

प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ । तर, प्रहरीले यसबारे थप जानकारी दिन अस्वीकार गरेको छ ।

यद्यपि एनएचकेका अनुसार पक्राउ परेका व्यक्तिलाई काममा अवरोध गरेको आशंकामा पक्राउ गरिएको हो।
 
समाचार एजेन्सी रोयटर्सका अनुसार विस्फोटको आवाज सुनेपछि प्रधानमन्त्री किशिदालाई सुरक्षा घेरामा लगिएको थियो ।

यसै क्रममा जापानको आधिकारिक मिडिया एनसीएचकेका अनुसार घटनास्थलमा प्रहरीले एक व्यक्तिलाई आफ्नो नियन्त्रणमा लिएको देखिएको छ ।  

रिपोर्टका अनुसार प्रधानमन्त्री किशिदाले वाकायामा प्रिफेक्चरको सेकजाई बन्दरगाहको भ्रमण गरिसकेपछि भाषण सुरु गरेका थिए र त्यही यो घटना भएको हो।

उनले जी७ समूहका सर्वोच्च नेताहरूको मेजबानी गर्न लागेका छन्। यो बैठक अर्को महिनामा हिरोसिमामा हुने भएको छ ।

यसअघि पनि जापानका पूर्वप्रधानमन्त्रीमाथि आक्रमण भएको थियो। गत वर्ष जुलाईमा देशका पूर्वप्रधानमन्त्री सिन्जो आबेको बैठकका क्रममा गोली हानी हत्या भएको थियो ।

सन् २०२२ को जुलाईमा देशको पश्चिमी भागको नारामा सडकमा भाषण दिइरहेका बेला उनीमाथि आक्रमण भएको हो ।

उनलाई तत्काल अस्पताल लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको हो । पछि डाक्टरहरूले आबेलाई गोली लागेपछि हृदयघात भएको बताए। बीबीसी
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.