आगलागीबाट एक घर जलेर नष्ट
![आगलागीबाट एक घर जलेर नष्ट](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_VlHscuq6mt_kgQe0paGAe.jpg)
महोत्तरी : महोत्तरीको गौशालामा आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। गौशाला नगरपालिका-७ जयपुरका मुस्तकिन अंसारीको घरमा शुक्रबार दिउँसो अचानक आगलागी भएको हो।
आगलागीमा परी घरभित्र रहेको सरसमान, अन्नपात, लताकपडा जलेर नष्ट भएको छ। आगलागीबाट करिब ३ लाख बराबरको क्षति भएको वडा नम्बर ७ का वडाअध्यक्ष मनोज चौधरीले जानकारी दिए।
प्रहरी टोली, गौशाला नगरपालिकाको वारुणयन्त्र र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको वडाअध्यक्ष चौधरीले बताएका छन्।
आगलागीबाट मानवीय तथा चौपाईमा क्षति नभएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)