राष्ट्रपति पौडेल बेलायत भ्रमणमा जाँदै

राष्ट्रपति पौडेल बेलायत भ्रमणमा जाँदै

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो विदेश भ्रमण बेलायतबाट गर्ने भएका छन्। उनी यही महिनाको तेस्रो सातातिर बेलायत भ्रमण गर्ने तयारी गरेका छन्।

राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जाने भएका हुन्। बेलायती राजा चार्ल्सको राज्याभिषेक वैशाख २३ गते हुँदैछ। 

राष्ट्रपति कार्यालय स्रोतका अनुसार वैशाखको तेस्रो सातातिर भ्रमणको तयारी गरिँदैछ। राज्याभिषेकको केही दिनअघि राष्ट्रपति पौडेल बेलायत जानसक्ने स्रोको भनाइ छ।

एलिजावेथको निधनपछि सन् २०२२ सेप्टेम्बर ८ मा चार्ल्स बेलायतको राजा बनेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.