राष्ट्रपति बाइडेनले दोस्रो कार्यकालका लागि उम्मेदवारी सार्वजनिक गर्दै

राष्ट्रपति बाइडेनले दोस्रो कार्यकालका लागि उम्मेदवारी सार्वजनिक गर्दै
सुन्नुहोस्

न्युयोर्क : अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ का लागि आफ्नो उम्मेदवारी औपचारिकरूपमा सार्वजनिक गर्ने तयारी गरेका छन्। पत्रकारहरूसँग कुरा गर्दै उनले भने, 'मैले तपाईंहरूलाई पुनः चुनाव लड्ने मेरो योजना रहेको जानकारी गराएको छु।' उनले यसबारे छिट्टै घोषणा गर्ने बताए। 

अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओले भने सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा उम्मेदवारी नदिने बताएका छन्। पूर्व सैनिक तथा सीआईएका पूर्व निर्देशक पोम्पेओले भविष्यमा राष्ट्रपतिपदका लागि सम्भावित दावेदारी हुनेबारे भने संकेत गरे। पोम्पेओले ट्वीटरमा भनेका छन्, 'मेरी पत्नी सुसन र मैले धेरै सोचविचार र प्रार्थनापछि सन् २०२४ को चुनावमा अमेरिकाको राष्ट्रपति पदका लागि आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत नगर्ने निष्कर्षमा पुगेका छौं।'

रिपब्लिकन नेताले व्यक्तिगत कारण देखाउँदै यो समय आफ्नो र परिवारका लागि सही नभएको बताए। पोम्पेओले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी विदेशमन्त्रीमा नियुक्त गरेपछि अमेरिकी विदेश मन्त्रालयलाई आफ्नो कुशल नेतृत्व दिन सफल भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.